Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, September 26, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, September 26, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

एकीकृत पोषण बगैंचा र जलवायु मैत्री कृषिमा बलान–बिहुलका कृषक अभिमुख

एकीकृत पोषण बगैंचा र जलवायु मैत्री कृषिमा बलान–बिहुलका कृषक अभिमुख

महेश सिंह लहान सिरहा- सप्तरीको बलान–बिहुल गाउँपालिकामा कृषकको पोषणस्तर सुधार, आयआर्जन वृद्धि तथा जलवायु अनुकूल कृषि अभ्यास प्रवर्द्धन गर्ने उद्देश्यले चारदिने तालिम सम्पन्न भएको छ। पुष १४ गतेदेखि १७ गतेसम्म गाउँपालिकाको कृषि तथा पशुपन्छी शाखाको सभाहलमा सञ्चालन गरिएको तालिममा पालिकाभरिका २७ वटा कृषक समूहका अगुवा कृषकहरूको सहभागिता रहेको थियो।
तालिमको मुख्य उद्देश्य स्थानीय स्तरमा एकीकृत पोषण बगैंचा स्थापना गरी रसायनमुक्त उत्पादन बढाउँदै सिमान्तकृत, भूमिहीन तथा विपन्न समुदायको पोषणस्तरमा सुधार ल्याउनु रहेको आयोजकले जनाएको छ। तालिममा पोषण बगैंचा निर्माण, माटो परीक्षणको महत्व, नर्सरी व्यवस्थापन, सोलाराइजेसनमार्फत माटो शुद्धिकरण, सामूहिक खेतीबाट आयआर्जन बढाउने उपाय, बजार व्यवस्थापन तथा मूल्य शृङ्खला र फार्म–टु–मार्केट अवधारणाबारे सहजीकरण गरिएको थियो।
सागसब्जी र अन्न उत्पादनमा मात्र सीमित नरही प्रशोधित वस्तु तयार गरी बजारीकरण गर्दा थप आम्दानी गर्न सकिने विषयमा पनि कृषकलाई जानकारी दिइएको थियो। रासायनिक मल तथा विषादीको विकल्पका रूपमा एकीकृत शत्रुजीव व्यवस्थापन र जैविक विधिबाट रोग नियन्त्रण गर्ने उपायबारे समेत प्रशिक्षण दिइएको थियो।
जलवायु परिवर्तनले कृषि क्षेत्रमा पार्ने प्रभाव र त्यसको न्यूनीकरणका लागि अपनाउनुपर्ने जलवायु मैत्री कृषि अभ्यास तथा प्रविधिबारे तालिममा विस्तृत छलफल गरिएको थियो। मधेस विश्वविद्यालयका प्राध्यापक डा. जर्जनी कुटकर र प्रा. अवनीश कुमार यादवले पोषण, कृषि तथा पशुपन्छी पालनसम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए।
तालिममा सहभागी २७ जना अगुवा कृषकलाई १० प्रकारका तरकारी बीउ तथा कृषि सामग्री वितरण गरिएको थियो। राष्ट्रिय कृषक समूह महासंघ नेपालमार्फत प्रदान गरिएका सामग्रीमा काक्रो, लौका, भिण्डी, लट्टे साग, गाजर, प्याजको बीउ, धनियाँ, नीम तेल र पहेँलो स्टिकी ट्र्याप समावेश छन्।
तालिम समापनका अवसरमा बलान–बिहुल गाउँपालिकाका प्रमुखले सहभागी कृषकलाई प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघका मधेस प्रदेश सचिव यामुन प्रसाद यादवको समेत उपस्थिति रहेको थियो। साथै, महासंघ नेपाललाई कदरपत्र प्रदान गरिएको छ भने उत्कृष्ट प्रशिक्षण तथा व्यवस्थापनमा योगदान पुर्‍याएकालाई प्रशंसापत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार तालिमबाट सिकाइएका ज्ञान र अभ्यास कार्यान्वयन हुन सके कृषकको उत्पादन, पोषणस्तर र आर्थिक अवस्थामा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न

भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

लोकप्रीय

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न
  • सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण
  • मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर
  • जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?