Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, July 13, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, July 13, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

पञ्चशील्ड फुटबलको उपाधि मलिथम एफसीलाई, फ्युजन एफसी उपविजेता

पञ्चशील्ड फुटबलको उपाधि मलिथम एफसीलाई, फ्युजन एफसी उपविजेता

महेश सिंह लहान – माघी महोत्सव २०८२ को अवसर पारेर बर्छवा सामुदायिक युवा मञ्चको आयोजनामा सञ्चालित १५औँ पञ्चशील्ड फुटबल प्रतियोगिता २०८२ को फाइनल खेल माघ ३ गते सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतियोगिता क्लबका अध्यक्ष दिलिप चौधरीको नेतृत्वमा आयोजना गरिएको हो भने फाइनल खेल खेलकुद समिति संयोजक मुकेश विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो।
प्रतियोगिताको उद्घाटन समारोहमा लहान नगरपालिका–२२ का वडा अध्यक्ष श्याम अधिकारी थारु प्रमुख अतिथिका रूपमा सहभागी रहनु भएको थियो। उद्घाटन मन्तव्यका क्रममा वडा अध्यक्ष थारुले ग्रामीण स्तरमै रहेका खेल प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्‍याउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। साथै प्रतियोगिता अनुशासित र मर्यादित रूपमा सम्पन्न गरिएकामा खेलाडी तथा आयोजकप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो।
उद्घाटन खेलमा मलिथम एफसी, गाईघाट (उदयपुर) ले हेडबान एफसी, फतेपुर (सप्तरी) लाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। आयोजकका अनुसार प्रतियोगितामा सिरहा, सप्तरी, उदयपुर र सुनसरी जिल्लाबाट जम्मा १० वटा टोली सहभागी थिए। खेल अवलोकन गर्न गाउँ–गाउँबाट ठूलो संख्यामा खेलप्रेमी दर्शकको उपस्थिति रहेको थियो।
माघी महोत्सव माघ १ र २ गते भव्य रूपमा मनाइएपछि फुटबल प्रतियोगिताको समापन माघ ३ गते गरिएको क्लब अध्यक्ष दिलिप चौधरीले जानकारी दिनुभयो। माघी महोत्सवका प्रमुख अतिथि संघीय सरकारका खेलकुद मन्त्री बब्लु गुप्ता रहनु भएको थियो।
फाइनल खेल तथा समापन समारोहका प्रमुख अतिथि लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरी रहने तय भए पनि उहाँ उपस्थित हुन नसक्दा स्थानीयले दुख व्यक्त गरेका थिए। सो अवसरमा विशिष्ट अतिथि वडा अध्यक्ष श्याम अधिकारी थारुले प्रमुख अतिथिको जिम्मेवारी निर्वाह गर्नुभएको थियो।
फाइनल खेलमा मलिथम एफसी ले फ्युजन एफसी लाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। प्रतियोगितामा बेस्ट गोलकिपरको उपाधि अनिल मगर, म्यान अफ द म्याच प्रीत चौधरी र बेस्ट डिफेन्डर आशिष थारु ले प्राप्त गरेका छन्।
प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार ५१ रुपैयाँ नगदसहित कप र मेडल तथा दोश्रो पुरस्कार ३५ हजार ५१ रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। साथै प्रत्येक खेलमा म्यान अफ द म्याचलाई नगद पुरस्कार र मेडलको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

स्थानीयस्तरमै वन संरक्षणको अभियान

स्थानीयस्तरमै वन संरक्षणको अभियान

समुदायमा सकारात्मक परिवर्तन ल्याउन संरक्षण अभियानताहरुको नेतृत्व अभिमुखीकरण

समुदायमा सकारात्मक परिवर्तन ल्याउन संरक्षण अभियानताहरुको नेतृत्व अभिमुखीकरण

लोकप्रीय

संवादमार्फत दिगो शान्तिको खोजी : मधेशका २७ प्रतिनिधि एकै थलोमा

संवादमार्फत दिगो शान्तिको खोजी : मधेशका २७ प्रतिनिधि एकै थलोमा

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित
  • सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह
  • खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि
  • महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?