महेश सिंह, लहान–सिरहा- सम्पूर्ण स्वास्थ्य प्रयोगशालाकर्मीहरूको पेसागत हकहित, अधिकार तथा व्यावसायिक सुरक्षाका लागि क्रियाशील छाता संगठन मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) को पाँचौँ राष्ट्रिय सम्मेलनबाट विजय कुमार यादव केन्द्रीय सदस्य पदमा निर्विरोध निर्वाचित हुनुभएको छ।
सम्मेलनबाट यादव केन्द्रीय सदस्यजस्तो गरिमामय जिम्मेवारीमा निर्विरोध निर्वाचित हुनुभएकोमा उहाँप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।
स्वास्थ्य प्रयोगशालाकर्मीहरूको पेसागत हकहितको संरक्षण, क्षमता अभिवृद्धि, व्यावसायिक एकता र स्वास्थ्य क्षेत्रको गुणस्तरीय सेवामा उहाँको नेतृत्वदायी भूमिका थप प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।
साथै, सम्मेलनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको सिङ्गो टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल, उपलब्धिमूलक र जिम्मेवार कार्यकालको शुभकामना व्यक्त गरिएको छ।








