Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, June 11, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, June 11, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

जलवायु चुनौती सामना गर्न कृषक सशक्तीकरणमा जोड

जलवायु चुनौती सामना गर्न कृषक सशक्तीकरणमा जोड

महेश सिंह लहान सिरहा- कृषक समूहद्वारा स्थानीय स्तरमा अभ्यास गरिँदै आएका जलवायु उत्थानशील कृषि प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने चिन्तन–मनन तथा सिकाइ आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
“सशक्त, समृद्ध, सम्मानित किसान : सबल महासंघ” भन्ने नारासहित आयोजना गरिएको उक्त कार्यक्रम जलवायु परिवर्तनले कृषिमा पार्ने असर न्यूनीकरण गर्दै दिगो र जलवायु अनुकूल कृषि अभ्यासलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको हो।
कार्यक्रममा अगुवा किसान ओम प्रकाश दासले आफ्ना अनुभव प्रस्तुत गर्दै पछिल्लो पाँच वर्षदेखि राष्ट्रिय कृषक समूह महासंघसँग आबद्ध रहेको जानकारी दिए। उनले दश कठ्ठा जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएको र त्यसबाट वार्षिक करिब दुई लाख रुपैयाँ आम्दानी भइरहेको बताए। साथै, आफ्नो कृषि व्यवसायमार्फत तीन जनालाई रोजगारीसमेत प्रदान गर्दै आएको उनले जानकारी दिए। ओम प्रकाश दास हाल जन ज्योति कृषक समूहका अगुवा किसान तथा पालिका स्तरको महासंघका सचिवसमेत रहेका छन्।
तालिममा महासंघका फिल्ड सुपरभाइजर रमुनाकर्मी, महासंघ अभियन्ता हिरा यादव, पालिका महासंघका अध्यक्ष बेचन प्रसाद यादव, माँ पोकरिया देवी कृषक समूहका अध्यक्ष लक्षेन्द्र यादव, अभियन्ता उषा कुमारी कर्ण लगायतको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमअन्तर्गत कुल ४ समूहका करिब २० जना कृषकहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
तालिममा सहभागी कृषकहरूलाई जलवायु उत्थानशील कृषि अभ्यास, स्थानीय स्तरमा सफल अभ्यासहरूको अनुभव साटासाट, उत्पादन प्रणाली सुधार, जोखिम न्यूनीकरण तथा भविष्यका चुनौतीहरूबारे व्यवहारिक जानकारी प्रदान गरिएको थियो। सहभागीहरूले बदलिँदो मौसमका कारण देखिँदै आएका समस्याको समाधानका लागि यस्ता कार्यक्रम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका छन्।
राष्ट्रिय कृषक समूह महासंघ नेपालको समन्वयमा तथा CARE नेपालको सहकार्यमा सञ्चालन गरिएको यस कार्यक्रमअन्तर्गत सहभागी किसानलाई फिल्ड भिजिटसमेत गराइएको थियो। आयोजकका अनुसार यस्ता कृषक केन्द्रित, व्यवहारिक र परिणाममुखी तालिम कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ, जसले स्थानीय कृषकहरूको क्षमता अभिवृद्धि गर्दै दिगो र जलवायु अनुकूल कृषि प्रणाली विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

बालबिवाह र दाईजो प्रथा अन्त गर्न सडक नाटक

बालबिवाह र दाईजो प्रथा अन्त गर्न सडक नाटक

सखुवानान्कारकट्टीमा जलवायु परिवर्तनबारे जनचेतना र्‍याली, ५० जनाको सहभागिता

सखुवानान्कारकट्टीमा जलवायु परिवर्तनबारे जनचेतना र्‍याली, ५० जनाको सहभागिता

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

लोकप्रीय

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

बालबिवाह र दाईजो प्रथा अन्त गर्न सडक नाटक

बालबिवाह र दाईजो प्रथा अन्त गर्न सडक नाटक

सखुवानान्कारकट्टीमा जलवायु परिवर्तनबारे जनचेतना र्‍याली, ५० जनाको सहभागिता

सखुवानान्कारकट्टीमा जलवायु परिवर्तनबारे जनचेतना र्‍याली, ५० जनाको सहभागिता

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

किसानलाई आत्मनिर्भर बनाउने महासंघको अभियान, नरहामा कृषि तथा पोषण मेलाले आकर्षण बढायो

किसानलाई आत्मनिर्भर बनाउने महासंघको अभियान, नरहामा कृषि तथा पोषण मेलाले आकर्षण बढायो

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग
  • बालबिवाह र दाईजो प्रथा अन्त गर्न सडक नाटक
  • सखुवानान्कारकट्टीमा जलवायु परिवर्तनबारे जनचेतना र्‍याली, ५० जनाको सहभागिता
  • जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?