Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, March 17, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, March 17, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

कानूनी अज्ञानताले उजाडिएको एउटा परिवार


कानूनी अज्ञानताले उजाडिएको एउटा परिवार

स्याङ्जाको गाउँमा एकजोडीको बालविवाह भयो ! युवक जेल परे, छोरालाई १८ वर्ष कैद भएको सुनेर बिरामी आमा चिन्ताले बितिन् । युवक जेल परेपछि किशोरीको दोस्रो विवाह पनि सफल भएन । उनले आत्महत्या गरिन् ।

वालिङ । ‘बिहेवारी बीस वर्ष पारि’ भनेको छ कानूनले । तर कानून पालना गर्ने धेरै जना यो मामिलामा अनभिज्ञ छन् । कानूनको अज्ञानता क्षम्य हुँदैन भन्ने सिद्धान्त नै छ । कानूनको अनभिज्ञताले परिवार उजाडिन पुगेको उदाहरण पनि भेटिएको छ ।

समुदायलाई कानूनी साक्षरता सम्बन्धी चेतना नफैलाउने हो भने समाजलाई सुव्यवस्थित गर्न बनाइएको कानूनले कस्तोसम्म विघटनको अवस्था ल्याउँछ र विषयको गम्भीरता नबुझ्दा, नियतवश कसुर नगर्दा पनि कानूनी र परिस्थितिजन्य अवस्थाले मानिसहरू जेल पुग्छन् भन्ने एउटा उदाहरण छ स्याङ्जा जिल्लाको वालिङमा ।

वालिङ बजार नजिकै माझी समुदायको बसोबास रहेको एउटा गाउँ छ । यो समुदायका लागि जनता आवास कार्यक्रमले एकै प्रकारका घरहरू निर्माण गरेर हस्तान्तरण गरेको छ । स्थानीय आँधीखोला र अन्य सहायक नदी तथा खोलाहरूमा माछा मार्ने पुख्र्यौली पेशा भए पनि आजभोलि यहाँका माझीहरूमध्ये धेरैले यो पेशा छाडेका छन् । ज्याला मजदूरी, मिस्त्री, कसैको घरमा सहयोगी र अरूको भारी बोक्ने जस्ता काम गरेर उनीहरूको जीविकोपार्जन भइरहेको छ ।

बिहान उठेर काममा गयो, दिनभर काम गर्‍यो । पाएको ज्यालाले घर खर्च चलायो । त्यसमा तानतुन बचाएर मदिरा पिउने पैसा निकाल्छन् उनीहरू । यसरी बिहानैदेखि साँझसम्म काममा व्यस्त हुने उनीहरू केही सामान्य साक्षर छन् भने धेरै त निरक्षर नै छन् ।

अल्पसंख्यक यो समुदायका मदन माझी अढाइ वर्षदेखि पोखरा जेलमा छन् । भनिन्छ माया-प्रेम जीवनका अभिन्न पाटा हुन् । तर यही अभिन्न भनिएको माया-प्रेमले उनलाई जेल पुर्‍याएको छ । समाजलाई सुव्यवस्थित गर्न भनेर बनाइएको कानूनको अज्ञानताले कसरी मानिस फन्दामा पर्छ भन्ने थाहा पाउन वालिङ नगरपालिका वडा नम्बर ९ का यी १९ वर्षीय मदन माझीको कथा थाहा पाउनुपर्छ ।

स्थानीय आँधीखोला किनारमा फैलिएको छ वालिङ बजार । देशभर सचिव, सह-सचिवको जिल्ला भनेर चिनिने स्याङ्जा शिक्षित र पहुँचवालाहरूको जिल्ला हो । तर, बत्तीमुनि अँध्यारो भनिए झैं यही जिल्लामा त्यस्तो गाउँ पनि छ जहाँ विवाह गर्न कुनै केटी मानिसको उमेर २० वर्ष माथि हो कि हैन भन्ने थाहा पाउनुपर्छ भन्ने समेत थाहा नपाएर मानिस जेल परिरहेका छन् त्यो पनि १८ वर्ष ।

वालिङ बजारबाट आँधीखोला तरेर करीब ३० मिनेट उकालो बाटो पैदल हिंडेपछि माझीगाउँ पुग्न सकिन्छ । केही समथर र भिरालो ठाउँमा लहरै रहेका घर । एउटै समुदायका व्यक्ति बस्ने एउटै प्रकृतिका घरहरू छन् ।

दुई दिनकी पाहुना

कानूनी अज्ञानताकै कारण स्याङ्जाको यो गाउँमा बालविवाह भयो, युवक जेल परे, छोरालाई १८ वर्ष कैद सजाय भएको थाहा पाएर बिरामी आमा चिन्ताले बितिन् । युवक जेल परेपछि किशोरीले गरेको दोस्रो विवाह पनि सफल भएन । अनि उनले आत्महत्या गरिन् । यो शृंखलाले कानून निर्माता र समाजलाई एकपल्ट निधार खुम्च्याएर सोच्न बाध्य बनाउँछ

कथा यसरी शुरु हुन्छ । २ वैशाख २०७६ को कुरा हो, सदा झैं मदन मजदूरी गरेर थकित अवस्थामा साँझ घर आइपुगेका थिए । मदनका बुवाको लडेर मृत्यु भएपछि घरमा बिरामी आमाको स्याहारसुसार गर्ने काम उनको जिम्मेवारीमा थियो ।

त्यही बेला एक किशोरी -अदालतमा ‘०७६ आँधीखोला १’ उल्लेख) की सानीआमा र एक अर्की महिला सहित तीन जना मदनको घरमा आइपुग्छन् । मदनले अदालतमा दिएको बयान अनुसार, ‘उनीहरूले ती किशोरीले निकै दुःख पाएकोले मदनसँग बिहे गराइदिएर यहीं राख्नु पर्‍यो भने ।’

उनका भनाइमा, तिमी काममा जानु, ज्याला मजदूरी गर्नु र घरमा बिरामी आमाको स्याहारसुसारमा यी नानीले समय दिन्छिन् भनेर उनीहरूले भने । मैले पनि श्रीमती घरमा बसेपछि आमाको स्याहारसुसार पनि हुन्छ मैले काम गर्न जान पनि पाउँछु भन्ने सोचेर हुन्छ भनेको बयान मदनले प्रहरीमा दिएका छन् । ती बालिका दुई दिन मदनकै घरमा बसिन् ।

४ गते दिउँसो बालिकाले कपडा सिलाउन दिएको छ म लिएर आउँछु भनेर घरबाट हिंडिन् । साँझ फर्केर घर आइनन् । यसको तेस्रो दिन राति करीब ९ बजेतिर अकस्मात् प्रहरी मदनको घरमा पुग्यो । मदनलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय वालिङ लगियो ।

भोलिपल्ट बिहान आफन्त सहित गाउँले मदनका बारेमा बुझ्न वडा प्रहरी कार्यालय वालिङ पुगे । त्यहाँ गएर बुझ्दा प्रहरीले मदनलाई ‘जबरजस्ती करणी सम्बन्धी कसुर’ मा पक्राउ गरेको बतायो । बालिकाको कुनै आफन्तले ‘जबरजस्ती करणी सम्बन्धी कसुर’ मा उजुरी दिएपछि मदनलाई नियन्त्रणमा लिइएको थियो ।

‘मदन बयरघारी गएको बेला मलाई जाम भनेर आएकी हुँ र हामीहरूबीच शारीरिक सम्बन्ध पनि भएको हो’ किशोरीले प्रहरीलाई दिएको बयानमा भनेकी छिन् । त्यसबेला किशोरीको उमेर प्रहरीमा १३ वर्ष उल्लेख छ भने उनका बुवाका अनुसार उनी १६ वर्ष पुगेकी छिन् ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ को करणी सम्बन्धी कसुरको दफा २१९ (२) मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ भन्ने उल्लेख छ ।

सोही कानूनको दफा (३) (ख) अनुसार १० वर्ष वा १० वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिकालाई करणी गरेमा जबरजस्ती करणी ठहर हुने र न्यूनतम १८ वर्षदेखि अधिकतम २० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार स्याङ्जा जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले जबरजस्ती करणी गरी कसुर गरेको पुष्टि भएको फैसला गर्‍यो । फैसलामा भनिएको छ- यसमा जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, पीडित परिवर्तित नाम ‘०७६ आँधीखोला १’ ले मौकामा गरेको घटना विवरण कागज, पीडितको शारीरिक परीक्षण प्रतिवेदन, घटना विवरण कागज गर्नेले मौकामा गरेको घटना विवरण कागज, मिसिल संलग्न आधार प्रमाणहरूबाट प्रतिवादी मदन माझीले अभियोग दाबी बमोजिम मुलुकी अपराध संहिता २०७४ को दफा २१९(१) विपरीत दफा २१९ (२) बमोजिमको कसुर अपराध गरेको ठहर्छ ।’

त्यसैगरी फैसलामा भनिएको छ ‘…मिसिल संलग्न आधारहरूलाई मध्यनजर गरी प्रतिवादी मदन माझीलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ख) बमोजिम १८ (अठ्ठार) वर्ष कैद सजाय हुने ठहर्छ । पीडितले प्रतिवादीबाट सोही संहिताको दफा २२८ बमोजिम रु.५०,०००।- (पचास हजार) क्षतिपूर्ति भराइलिन पाउने ठहर्छ । अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम प्रतिवादीले रु.२२००।- (दुई हजार दुई सय) रुपैयाँ क्षतिपूर्ति शुल्क तिर्नुपर्ने ठहर्छ ।’

छोरा जेलमा, आमाको मृत्यु, किशोरीको आत्महत्या

मदन माझीको घर ।

सौतेनी आमा र दिदी पर्नेले ती नानीलाई लिएर आएको देखेर आफूले कहाँ हिंडेको साँझको बेला भनी सोध्दा मदनसित बिहे गराइदिन ल्याएको भन्ने जवाफ पाएको मदनका ठूलोबुवा इन्द्रबहादुर माझी बताउँछन् ।

‘राति ती नानीलाई लिएर आएका थिए । हामीले नानीलाई राजी छौ भनेर सोध्यौं उनले छु भनिन्’ इन्द्रले भने, ‘गाउँले मिलेर भित्र्याइयो, तर हामी कसैलाई पनि थाहा थिएन कि बालविवाहको यस्तो मुद्दा लाग्छ भन्ने । अहिले त हामी सबै अचम्ममा छौं ।’

‘हाम्रो छोरो अन्यायमा परेको छ भनेर धेरै ठाउँमा हारगुहार गरियो तर कतैबाट न्याय पाउन सकिएन’ इन्द्रले भने यस्तो होला भन्ने भएको भए किन उनलाई भित्र्याउँथ्यौं र ? आज यस्तो देख्नुपर्‍यो, भोग्नुपर्‍यो । हाम्रो समुदायमा यो अचम्मकै घटना भयो ।’

ज्याला मजदूरी गरेर परिवार पाल्दै आएका स्याङ्जा भीरकोट नगरपालिका १ जगतपुर बस्ने ती किशोरीका बुवालाई हामीले घटना सम्बन्धमा सोध्यौं । उनले भने, ‘हाम्रो परिवारमा ज्याला मजदूरी नगरी खान पुग्दैन । ऊ हिंडी, त्यसपछि के भयो मलाई थाहा छैन ।’

छोरालाई अठार वर्ष जेल सजाय भएको खबर पाएपछि बिरामी आमा झन् झन् थला परिन् । घर खर्च जुटाउन, बिहान बेलुकाको छाक टार्न समुदाय र आफन्तले केही समय सहयोग गरे । बिरामी ती आमालाई माइतीले लगेर करीब दुई महीना रेखदेख गरे अन्ततः सन्तान पीडाले सुकेकी आमालाई ‘दैव’ले लग्यो ।

यसपछि ती किशोरीले वालिङ नगरपालिका-६ दमैटोलका एक युवकसँग विवाह गरिन् । कसैले प्रहरीमा उजुरी नगरेकोले यो विवाह गर्ने युवक पक्राउ परेका थिएनन् । तर यसैबीच ३१ भदौ २०७८ का दिन तिनै युवकको घरमा बाँसको बलोमा पासो लगाएर ती किशोरीले आत्महत्या गरिन् ।

सीमान्तकृत माझी जातिमा धेरैजसो विवाह १६ देखि १८ वर्षको उमेरमा हुने गर्छ । अहिले पनि यो समुदायमा यो उमेरमा विवाह भैरहेका छन् । यस्तोमा कसैले उजुरी नगरेसम्म कोही जेल जानु पनि पर्दैन ।

वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणलाई यो घटनाले बिखलवन्दमा पारेको छ । उनका भनाइमा, यो कानूनतः कसुर हो केही भन्न मिल्दैन । तर माझी समुदायभित्र यसलाई अहिले पनि कसैले कसुर मान्दैन । सानै उमेरमा विवाह गर्नु यो समुदायभित्र आम प्रचलन हो ।

‘प्रहरी र अदालतका कर्मचारीले सरकारवादी मुद्दामा सफलता पाएको भनेर यस्ता मुद्दाको अभिलेख राख्छन्’ नगर प्रमुख खाँण भन्छन्, ‘तर यसबाट अबोध माझीहरू, चेतनाको कमी भएको जातिप्रति ज्यादती भइरहेको छ । अव्यावहारिक कानून लगाएर एउटा निरीह मानिसलाई अपराधी बनाइएको छ । यस्ता मामिलामा अब बहस हुनुपर्छ ।’

यस्ता घटना बाहिर आउन थालेपछि वालिङ नगरपालिकाले सामाजिक स्तरमा कानूनको चेतना कम भएका विशेषगरी सीमान्तकृत जातिहरू, दलित समुदाय, पिछडिएको समुदायलाई लक्षित गरी नगरपालिकाले यसै वर्षबाट कानूनी साक्षरताका कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको छ । आगामी दिनमा यसप्रकारका घटना दोहोरिन नदिन नगरपालिकाले आवश्यक कार्यक्रमहरू अगाडि बढाउने नगर प्रमुख खाँण बताउँछन् ।

मदन माझीको पक्षबाट अदालतमा बहस गर्ने अधिवक्ता प्रकाश अर्याल उक्त घटनामा अनुसन्धान पक्षको कमजोरी रहेको बताउँछन् । उनी भन्छन्, ‘ती किशोरीलाई मदनसित बिहे गराइदिनेहरूले नै बिहेपछि बालविवाहमा परिन्छ भन्ने डरले जबरजस्ती करणीको मुद्दा चलाइदिएको देखिन्छ ।’

कानूनतः यो बालविवाह थियो तर व्यवहारमा मदनसँग विवाहपछि पनि ती किशोरी राजीखुशी बस्न तयार हुँदा पनि कानूनको सुविधा प्रयोग गरेर जबरजस्ती करणीको मुद्दा हाल्न लगाइएको देखिएको अधिवक्ता अर्यालको भनाइ छ ।

यसप्रकारका घटना न्यूनीकरण गर्न कानूनी साक्षरता सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता देखिन्छ । तीन वटै सरकार, सरोकारवाला निकायहरूले पटक/पटक यस्ता घटना दोहोरिरहेका समुदायमाझ जनचेतना जगाउनु आवश्यक देखिन्छ ।

यसरी कानूनी अज्ञानताकै कारण स्याङ्जाको यो गाउँमा बालविवाह भयो, युवक जेल परे, छोरालाई १८ वर्ष कैद सजाय भएको थाहा पाएर बिरामी आमा चिन्ताले बितिन् । युवक जेल परेपछि किशोरीले गरेको दोस्रो विवाह पनि सफल भएन । अनि उनले आत्महत्या गरिन् । यो शृंखलाले कानून निर्माता र समाजलाई एकपल्ट निधार खुम्च्याएर सोच्न बाध्य बनाउँछ ।

एन.पी खबर

Related Posts

सुखिपुर–७ मा कांग्रेस सम्पर्क कार्यालय उद्घाटन, सयौँको प्रवेशले सिरहा–२ मा उत्साह

सुखिपुर–७ मा कांग्रेस सम्पर्क कार्यालय उद्घाटन, सयौँको प्रवेशले सिरहा–२ मा उत्साह

सामाजिक सेवाको पृष्ठभूमिसहित चुनावी मैदानमा रामाकान्त चौधरी

सामाजिक सेवाको पृष्ठभूमिसहित चुनावी मैदानमा रामाकान्त चौधरी

हलो चिन्हमा मतदान अपिल गर्दै न्यौपानेको मतदातासँग प्रत्यक्ष संवाद

हलो चिन्हमा मतदान अपिल गर्दै न्यौपानेको मतदातासँग प्रत्यक्ष संवाद

बिचारको धनी सिरहा १ मा चर्चित स्वतन्त्र उम्मेदवार सन्तोष गिरी,चर्चामा

बिचारको धनी सिरहा १ मा चर्चित स्वतन्त्र उम्मेदवार सन्तोष गिरी,चर्चामा

पद्मोदय फाउन्डेसनमाथि योजनाबद्ध मध्यरातमा आक्रमण, आगजनी र लुटपाट

पद्मोदय फाउन्डेसनमाथि योजनाबद्ध मध्यरातमा आक्रमण, आगजनी र लुटपाट

सिरहामा विशेषज्ञ दन्त सेवा सुरु, ‘बी एण्ड बी डेन्टल’मा उपचार थालियो

सिरहामा विशेषज्ञ दन्त सेवा सुरु, ‘बी एण्ड बी डेन्टल’मा उपचार थालियो

लोकप्रीय

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल
  • जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर
  • सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै
  • विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?