Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, December 15, 2025
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, December 15, 2025
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

समग्र मधेशमा दुई प्रदेशका लागि संघर्ष जारी छ : लक्ष्मण लाल कर्ण


समग्र मधेशमा दुई प्रदेशका लागि संघर्ष जारी छ : लक्ष्मण लाल कर्ण
लक्ष्मणलाल कर्ण, प्रतिनिधिसभा सदस्य तथा नेता, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल

० सत्तारूढ पाँचदलीय गठबन्धनले स्थानीय तहको निर्वाचन सार्न खोजिरहेको छ, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको धारणा के छ ?

— लोकतन्त्र बचाउने हो भने निर्वाचन सार्नु हुँदैन । समयमा सबै निर्वाचन गरिनुपर्छ अनि मात्रै लोकतन्त्रको रक्षा हुन्छ । हामीले संविधान बनाउँदा के उल्लेख गरेका छौं भने आवधिक निर्वाचनलाई हामीले पालन गर्नेछौं । त्यसको बिना लोकतन्त्रको रक्षा हुन सक्दैन । सत्तारूढ गठबन्धन चुनावसँग डराइरहेको छ । चुनावसँग डराउनु लोकतन्त्रमाथि आघात गर्नु हो । निर्वाचन आयोगले पनि भनिरहेको छ, समयानुसार निर्वाचन मिति तोक्नुपर्छ, त्यसमा प्रवेश गर्नै पर्छ ।

० गठबन्धनसँग अहिले संघदेखि प्रदेशहरूमा बलियो सरकारहरू छन्, किन डराउनुप¥यो ?

— गठबन्धनमा एक–अर्कामाथि विश्वासको संकट छ । एक–अर्कामाथि विश्वास नभएपछि निर्वाचनसँग डराउनु स्वाभाविक हो । पाँच दलले गठबन्धन बनाए तर, कांग्रेसबाहेक अन्य दलहरूको अवस्था सबैलाई थाहै छ । अन्य पार्टीहरूको संकुचन भइसकेको छ र संकुचित भएको पार्टीले निर्वाचन फेस गर्न निकै गाह्रो छ । त्यसकारणले गठबन्धन निर्वाचनबाट डराइरहेको छ । सबै नयाँ पार्टी छन्, संगठनको मामिलामा पनि कमजोर छन्, जनताको भावना र अपेक्षालाई पनि प्रतिनिधित्व गर्न सकेको छैन । त्यसकारण निर्वाचन सार्न खोजिएको छ ।

० कांग्रेस बलियो अवस्थामा हुँदा पनि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा किन निर्वाचन सार्ने पक्षमा देखिनुभएको छ ?

— प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनमा फँस्नु भएको छ । किनभने गठबन्धनको कारणले उहाँ प्रधानमन्त्री हुनुभएको हो । प्रधानमन्त्रीको एक्लो निर्णय त्यहाँ चल्ने स्थिति छैन । सरकार ढाल्छ भन्ने उहाँलाई डर होला । त्यसकारणले उहाँ यो मौका गुमाइरहनु भएको छ । यो गठबन्धन बलियो, कांग्रेस बलियो भनेर भनिन्छ, तर बलियो भन्दैमा कोही बलियो हुने होइन । जनतामा गएर सामना गर्ने, त्यहाँबाट प्राप्त गरेको म्यान्डेटबाट बलियो हुन्छ । त्यसैले कसैलाई बलियो भन्दैमा त्यो बलियो हुने होइन । अन्य पार्टीभन्दा संगठनात्मकरूपमा कांग्रेस निकै मजबुत छ ।

० सत्तारूढ गठबन्धनका नेताहरू तीनै तहको निर्वाचन एकै पटक गर्ने भन्ने तर्कहरू पनिगरिरहेका छन् ?

— ती सबै कुतर्कहरू हो । त्यो व्यवस्था संविधानमा कहिं छैन । सबै तहको ब्यालेट पेपर जोड्ने हो भने कति लामो ब्यालेट पेपर हुन्छ ? सबैलाई जोड्दा एउटा काँपी नै तयार हुन्छ, जो कमसेकम ५० पृष्ठको हुन्छ । ती सबैमा छुट्याइ–छुट्याइ मतदान गर्न जनतालाई कति कठिनाइ हुन्छ । प्रदेश र संघको निर्वाचन एकै पटक गर्दा हजारौं–हजार मतपत्र बदर भएको थियो । त्यसमा पालिकाको पनि जोड्दा धेरै नै बदर हुन्छ । यो मतदान पद्दतिको पनि खिलाप छ र संविधानको पनि खिलाप छ । संविधानले यस्तो व्यवस्था गरेको छैन ।

० यता, निर्वाचन आयोगले पनि स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न आग्रह गरेको छ, तर गठबन्धन आफ्नै तालमा छ नि?

— यो प्रश्नको जवाफ त गठबन्धनका नेताहरूले दिनुपर्ने हो, हामी त गठबन्धन पनि छैनौं र हामीसँग कुनै सल्लाह वा छलफल पनि गरेको छैन । तर संविधान र कानूनअनुरूप स्थानीय निर्वाचन हामीले पहिले गरेक ाथियौं । त्यसको समय आइसकेको छ, समयमा निर्वाचन गराउनुपर्छ । लोकतन्त्रको रक्षागर्नु पर्छ, यो पहिलो दायित्व हो । राजनीतिक पार्टीले कहिल्यै पनि चुनावबाट खुट्टा कमाउनु हुँदैन । यो देश, संविधान, कानूनकालागि घातक हुन्छ ।

० निर्वाचनकालागि लोसपाको तयारी कस्तो छ त ?

— लोसपाले आफ्नो तयारी गरिरहेको छ । संगठनका कामहरू भइरहेका छन् । संगठनले नै चुनावमा जान्छ, त्यो तयारीमा हामी लागेका छौं ।

० लोसपाभित्र अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच दूरी बढ्दै गएको भन्ने कुराहरू पनिआइरहेका छन् नि?

— बाहिर के–के कुराहरू हुन्छन्, त्यो सुन्नुभो भने बौलाउनुहुन्छ । भित्र हेर्नुहुन्छ भने कुनै विवाद छैन ।

० विवादकै कारण केन्द्रीय समिति वा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न सकेको छैन, संगठनका कामहरू रोकिएको छ नि?

— बैठक नबसेको गुनासोहरू हुनु स्वाभाविक हो । पार्टीको विधान हामीले हडबडमा दर्ता ग¥यौं, आन्तािरक कुराहरू सुदृढ गर्ने तयारीमा छौं । सबै प्रदेशमा समितिहरू निर्माणको क्रममा छ । पालिका र वार्डमा पनि तदर्थ समितिहरू गठन भइरहेको छ । त्यसैले संगठनका कामहरू भइरहेका छन् । मैले आफै वीरगन्जमा माओवादीका प्रभावशाली नेता सीमा गुप्तासहित हजारौंको संख्यामा पार्टीमा प्रवेश गराएँ । यस्तै अन्य जिल्लाहरूमा पनि पार्टी प्रवेश, संगठन सुदृढीकरण र समिति निर्माणका कामहरू त भइरहेका छन् ।

० गत निर्वाचनमा तत्कालीन प्रदेश २ र हालका मधेश प्रदेशमा मधेशी गठबन्धन बनाएर तपाइँहरू चुनावमा जानु भएको थियो । आगामी निर्वाचनमा के हुन्छ ?

— हामीले स्थानीय निर्वाचनमा कुनै गठबन्धन गरेका थिएनौं, एक्ला–एक्लै लडेका थियौं । संघ र प्रदेशको निर्वाचनमा मात्रै हामीले गठबन्धन गरेका थियौं र त्यो राम्रो सुरूवात भएको थियो । त्यसपछि पार्टी एकीकरण पनि भएको थियो । हामी एकीकरण त ग¥यौं तर त्यो सार्थक मिलन भएन । त्यसकाराण हामी अलग–अलग भयौं । अब आगामी चुनावमा फेरि मिल्ने कि नमिल्ने विषयमा हामीबीच कुनै कुराकानी भएको छैन ।

० आगामी निर्वाचनमा जसपासँग सहकार्य हुने सम्भावना छ त ?

— अहिले कुरै भएको छैन । पार्टीहरूको बीचमा कुन अवस्थामा कस्तो सहकार्य वा गठबन्धन हुन्छ त्यो परिस्थितिले निर्माण गर्ने हो । तर अहिले गठबन्धन वा सहकार्य गर्ने विषयमा कुनै छलफल भएको छैन ।

० मधेशको आठवटा जिल्लामात्र भएपनि “मधेश प्रदेश” घोषणा भयो, तपाइँहरू सन्तुष्ट हुनुहुन्छ ?

— मधेशको नाम प्रति हाम्रो पूर्ण सन्तुष्टि छ । मधेश आन्दोलनको माग पनि यही थियो । मधेश आन्दोलनका बेला मधेशका सबै कार्यालयहरू र भित्ता–भित्तामा मधेश सरकार लेखिएको थियो । सबैको चाहना मधेश प्रदेश नै थियो । त्यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा मधेशको पहिचान दिन्छ । मधेशीको जुन चाहना थियो, यो नामले पूरा भएको छ । राजधानीको सन्दर्भमा अलिकति असन्तुष्टि छ । यसको कारण के हो भने कांग्रेसले सुरूमा नै हामीसँग सल्लाह नगरिकन अस्थायी राजधानी जनकपुर तोकियो । त्यहाँ एउटा पूर्वाधार तयार भएको छ । त्यहाँबाट राजधानी हटाउन संसदको अनिच्छा देखियो, दुई तिहाइले नाम र राजधानीपारित भयो । यो सधैका लागि होइन, समयानुसार परिवर्तन हुने कुरा हो ।

० झापादेखि कञ्चनपुरसम्मको मधेश प्रदेशको परिकल्पना गरिएको थियो, आठवटै जिल्लाको मधेश कसरी स्वीकार गर्नुहुन्छ ?

— सही कुरा हो । संविधान निर्माणका बेला हामीले मेचीदेखि महाकालीसम्मको मधेश प्रदेशका लागि संघर्ष गरेका थियौं, तर पछि आएर एक मधेशमा दुई प्रदेशमा सहमति जनायौं । त्यहीअनुरूप राज्य पुनर्संरचनाकालागि एउटा आयोग गठन भएको थियो । त्यो आयोगको बहुमतको निर्णय पनि त्यही थियो कि मधेशमा दुई प्रदेश । तर यो कुरा कांग्रेस, एमाले र माओवादीनमान्दा हामी संविधानसभा छोडेर सडकमा गयौं । अहिले जुन आठ जिल्लाको प्रदेश बनाइएको छ, त्यसलाई परिवर्तन गर्न संविधान संशोधनको मुद्दा उठाइरहेका छौं । संशोधनको अवस्था आयो भने हामीले एक मधेशमा दुई प्रदेश स्थापना गराउँछौं ।

० भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले रौतहटको गौरमा दिनुभएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ, लोसपाको धारणा के छ ?

— लोसपाले यसबारे अहिले कुनै धारणा बनाएको छैन । मैले व्यक्तिगत तवरले भन्नुपर्दा मन्त्री रेणु यादव अनावश्यक विवादमा मुछिनु भएको छ । एउटा त भौतिक पूर्वाधार मन्त्री महिला हुन्, अर्को मधेशी हुन् । सानो कुरोलाई तिलको तार बनाइरहेको छ । उहाँले कुनै गलत अभिव्यक्ति दिनुभएको छैन । मन्त्रीको अभिव्यक्तिलाई लिएर विवाद गर्नु, प्रदर्शन गर्नु गलत हो । उहाँले कुनै अनर्गल कुरा गर्नुभएको छैन ।

० तर उहाँले गौर नरसंहार जस्तो घटना दोहोरिन सक्छ भन्ने अभिव्यक्ति दिनुभयो नि?

— मारपिटको अवस्था आउँछ भने के गर्ने ? एक पार्टीले कार्यक्रम गर्छ र अर्को पार्टीले विथोल्न जान्छ भने त्यहाँ के हुन्छ ? विगतमा गौर घटना पनि यही कारणले भएको थियो । उहाँले सचेत गराउनु भएको हो । त्यसैले उहाँको अभिव्यक्ति समयसापेक्ष थियो ।

एन.पी खबर

Related Posts

सिरहा लहानमा न्यूटन ईन्स्टिच्युटको प्रेरणादायी बिदाई कार्यक्रम

सिरहा लहानमा न्यूटन ईन्स्टिच्युटको प्रेरणादायी बिदाई कार्यक्रम

सेवा निवृत्त शिक्षकद्वारा चमार समुदाय सेवा समिति निर्माणको लागी जग्गा दान

सेवा निवृत्त शिक्षकद्वारा चमार समुदाय सेवा समिति निर्माणको लागी जग्गा दान

श्रमिकको आस्था बुझन उप -प्रमुख महतो दलित  बस्तीमा

श्रमिकको आस्था बुझन उप -प्रमुख महतो दलित  बस्तीमा

पीडित मुखियालाई घर बनाई दिने नगर प्रमुख महतो द्वारा प्रतिबद्धता

पीडित मुखियालाई घर बनाई दिने नगर प्रमुख महतो द्वारा प्रतिबद्धता

समाजवादी महिला संघ, नेपालको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन निधी भवनमा हुदै

समाजवादी महिला संघ, नेपालको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन निधी भवनमा हुदै

लहान संगठन विस्तारका लागि जसपा नेपालको रणनीति तय

लहान संगठन विस्तारका लागि जसपा नेपालको रणनीति तय

लोकप्रीय

लघुवित्तको सामाजिक उद्देश्य संकटमा, ऋणले गरिबी घटाउने कि बढाउने ?

लघुवित्तको सामाजिक उद्देश्य संकटमा, ऋणले गरिबी घटाउने कि बढाउने ?

लहान मनोकामना कलेजद्वारा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत

लहान मनोकामना कलेजद्वारा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत

नेपाल शिक्षक संघ सिरहाद्वारा शैक्षिक अन्तरक्रिया तथा विस्तारित बैठक 

नेपाल शिक्षक संघ सिरहाद्वारा शैक्षिक अन्तरक्रिया तथा विस्तारित बैठक 

पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि सिराहामा १७ हजार आर्थिक सहयोग

पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि सिराहामा १७ हजार आर्थिक सहयोग

सिराहामा पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि १७ हजार आर्थिक सहयोग

सिराहामा पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि १७ हजार आर्थिक सहयोग

स्थानीय उत्पादनबाट पोषण सुधार लक्ष्य, लहानमा कृषक तालिम

स्थानीय उत्पादनबाट पोषण सुधार लक्ष्य, लहानमा कृषक तालिम

बलान बिहुल–पूर्व प्रमुख प्रशासकीय अधिकृत मुसहरु साहलाई सम्मानपूर्वक बिदाइ

बलान बिहुल–पूर्व प्रमुख प्रशासकीय अधिकृत मुसहरु साहलाई सम्मानपूर्वक बिदाइ

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • लघुवित्तको सामाजिक उद्देश्य संकटमा, ऋणले गरिबी घटाउने कि बढाउने ?
  • लहान मनोकामना कलेजद्वारा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत
  • नेपाल शिक्षक संघ सिरहाद्वारा शैक्षिक अन्तरक्रिया तथा विस्तारित बैठक 
  • पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि सिराहामा १७ हजार आर्थिक सहयोग
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?