Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, June 6, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, June 6, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

वीरगन्ज महानगरको उपमेयरका लागि मेरो तयारी छ : रम्भा मिश्र


वीरगन्ज महानगरको उपमेयरका लागि मेरो तयारी छ : रम्भा मिश्र

रम्भा मिश्र, नेता, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल

० तपाइँको पार्टीको प्रदेश र जिल्ला अध्यक्षहरू मनोनयन भइरहेको छ, अहिलेसम्म महिलालाई जिम्मेवारी दिएको देखिँदैन । पार्टीमा महिलाहरू सक्षम छैनन् त ?

— महिला सक्षम छैनन् भनेर भन्न मिल्दैन । मधेशका महिला सक्षम छन् । तर विडम्बना के हो भने पुरूषप्रधान समाजमा खासगरेर मधेशमा महिला अगाडि ल्याउन खोजिएको छैन । जसले गर्दा महिलाहरू आफ्नो क्षमता प्रदर्शन गर्ने अवसरबाट वञ्चित भइरहेका हुन्छन् ।

० महिलाले अवसर नपाउँदा तपाइँहरू किन आवाज उठाउनु हुन्न ?

— हामीले पार्टीभित्र आवाज उठाइरहेका हुन्छौं, त्यो कुरा बाहिर आउँदैन । हामी अनुशासित भएर पार्टीभित्र आफ्ना कुराहरू राखिरहेका हुन्छौं । अहिले केही जिल्लाहरूमा लोसपाको अध्यक्ष तोकिएका छन्, अरू बाँकी नै छ । हुनसक्छ आगामी दिनमा पार्टीले महिलालाई अवसर दिनेछ । एक त मधेशमा प्रायः महिलाहरू विभिन्न कारणवश अगाडि बढ्न सकेको अवस्था हुँदैन तर जो अगाडि आउन चाहन्छन्, त्यस्तालाई पनि अवसर दिइएन भने समाजमा परिवर्तन हुन सक्दैन । तर हामी आशावादी छौं कि आगामी दिनमा पार्टीले महिलाको योगदानलाई कदर गर्छ ।

० मधेशका आन्दोलनहरूमा महिलाहरूको अग्रणी भूमिका थियो, त्यो किसिमको मूल्यांकन पार्टीले ग¥यो त ?

— मधेश आन्दोलनमा जति भूमिका पुरूषको थियो, उत्तिनै महिलाको पनि थियो । महिलाहरू पनि आन्दोलनमा अगाडि थिए । तर कुनै पद वा अवसरमा महिलालाई पछाडि पारिन्छन् । यो हाम्रो समाजको विडम्बना हो । यसमा नेतृत्वले सुधार गर्न जरूरी छ ।

० स्थानीय तहको गत निर्वाचनमा तपाइँ वीरगन्ज महानगरको उपमेयरका लागि प्रतिस्पर्धा गर्नुभएको थियो । फेरि चुनाव आउँदैछ, यसपटक के योजना छ ?

— आगामी स्थानीय चुनावमा वीरगन्ज महानगरपालिकाको उपमेयरका लागि मैले तयारी गरिरहेको छु । गत निर्वाचनमा म आफूलाई पराजित भएको ठान्दिन । हाम्रो पार्टीको निर्णयका कारणले जित्न सकिन । किनभने हाम्रो तत्कालीन पार्टी राजपा चुनाव वहिष्कार गर्ने निर्णय गरेको थियो । अन्तिम समयमा हाम्रो पार्टीले चुनाव लड्ने निर्णय गरेको थियो । एकदम कम समय हामीसँग थियो । त्यो कम समयमा मैले जति मत ल्याएको छु, त्यसले मलाई हौसला दिएको छ । त्यसैले म आफूलाई पराजित भएको ठान्दिँन । चुनावी तयारीको एकदम कम समयमा पनि मलाई वीरगन्ज महानगरका जनताले जुन विश्वास गर्नुभयो, जसका म दोस्रो नम्बरमा थिए । मैले यो चार–वर्षमा जनताकै बीचमा रहँदै आएको छु । जनताले मलाई यसपट विजयी बनाउनु हुनेछ भन्नेमा मलाई विश्वास छ ।

० तपाइँजस्तो राजनीतिक अनुभवी र समाजसेवी महिला नेता मेयरका लागि किन दाबी नगर्ने त ?

— मेरो पनि चाहना छ कि मेयरका लागि चुनाव लडौं, तर पहिला म अनुभव बटुल्न चाहन्छु । म स्टेप बाइ स्टेप अगाडि बढ्न चाहन्छु । उपमेयरको रूपमा त्यहाँ बसेर मेयरका क्रियाकलापहरू अनुभव गरेर अर्को पटकको निर्वाचनमा मेयरका लागि दाबी गर्नेछु । मसँग साहसको कमी छैन, अनुभवको कमी हो । पाँच वर्ष पर्खिनुस्, आगामी चुनावमा मेरो उम्मेद्वारी मेयरकै लागि हुनेछ ।

० उपमेयरको त खासै भूमिका हुँदैन नि ?

— उपमेयरका पनि धेरै अधिकारहरू छन् । पद मात्रै लिएर हुँदैन । मधेशमा अहिले भन्ने गरिन्छ कि उपमेयर त चुपमेयर हुन्छ । त्यो कुरामा म विश्वास गर्दिन । काम गर्ने मान्छेलाई कसैले पनि रोक्न सक्दैन । अहिले जति पनि उपमेयरहरू हुनुहुन्छ, त्यसमध्ये करिब ९० प्रतिशत अशिक्षित वा कम पढेलेखेका हुनुहुन्छ । धेरै कुराको जानकारी पनि हुँदैन । उपमेयर चुपमेयर हुँदैन, परिस्थितिले त्यस्तो बनाएको हुन्छ ।

० तपाइँ वीरगन्ज महानगरको उपमेयर हुनुभयो भने केके गर्नुहुन्छ ?

— मसँग योजना र कार्यक्रमहरू छन् । म यदि उपमेयरमा निर्वाचित भएँ भने योजनाबद्ध तरिकाले कामहरू गर्नेछु । विकास निर्माणको कार्यहरूदेखि समाजमा परिवर्तन ल्याउने खालका कार्यक्रमहरू सञ्चालन गर्छु । समाजमा व्याप्त रहेको कुरिती, विसंगतिहरू जस्तै, दाइजो प्रथा, बाल विवाह, अन्धविश्वासका विरूद्धमा उदाहरणीय कार्यहरू गर्नेछु । दाइजो प्रथामा पूर्णविराम लगाउने मेरो योजना छ । छोरी शिक्षामा विशेष जोड रहन्छ । महिलालाई पुरूषभन्दा एक कदम अगाडि बढेको देख्न चाहन्छु ।

एन.पी खबर

Related Posts

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग

ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

हलो चिन्हमा मतदान अपिल गर्दै न्यौपानेको मतदातासँग प्रत्यक्ष संवाद

हलो चिन्हमा मतदान अपिल गर्दै न्यौपानेको मतदातासँग प्रत्यक्ष संवाद

नरहा गाउँपालिकामा पार्टी सुदृढीकरणका लागि जसपा नेपालको विस्तारित बैठक

नरहा गाउँपालिकामा पार्टी सुदृढीकरणका लागि जसपा नेपालको विस्तारित बैठक

सिरहा लहानमा न्यूटन ईन्स्टिच्युटको प्रेरणादायी बिदाई कार्यक्रम

सिरहा लहानमा न्यूटन ईन्स्टिच्युटको प्रेरणादायी बिदाई कार्यक्रम

लोकप्रीय

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

किसानलाई आत्मनिर्भर बनाउने महासंघको अभियान, नरहामा कृषि तथा पोषण मेलाले आकर्षण बढायो

किसानलाई आत्मनिर्भर बनाउने महासंघको अभियान, नरहामा कृषि तथा पोषण मेलाले आकर्षण बढायो

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास
  • जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास
  • सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा
  • किसानलाई आत्मनिर्भर बनाउने महासंघको अभियान, नरहामा कृषि तथा पोषण मेलाले आकर्षण बढायो
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?