Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, February 12, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, February 12, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

मधेशमा एमालेले ‘भ्याकेन्सी’ खोलेको छ


मधेशमा एमालेले ‘भ्याकेन्सी’ खोलेको छ

मधेशमा नेकपा (एमाले) पुनः बलियो हुन खोज्दैछ ? भन्ने प्रश्नको जवाफ खोज्नुअघि हामीले केही प्रश्नमाथि घोत्लिनुपर्छ । मधेशमा एमाले कमजोर हुनुको कारण के थियो ? मधेशमा एमाले प्रवेश गर्नेहरू किन बढिरहेका छन् ?

मधेशमा नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरूले लगभग एउटै समयदेखि राजनीति थालेका हुन् । दुवैखाले दलहरूको आ-आफ्नै आधार थिए र छन् । वर्गीय हिसाबले कांग्रेस पार्टीमा जमिनदार लगायत धनी परिवार (मधेशी र पहाडी)हरूको आबद्धता ज्यादा थियो भने कम्युनिस्ट पार्टीहरूमा साना किसान र मजदुर वर्ग बढी थिए ।

हामीकहाँ धेरै हदसम्म जातले नै वर्ग निर्धारण गर्छ । नेपालमा जमिनदार भनेका धेरैजसो पहाडिया ठकुरी, क्षेत्री र बाहुन हुन् । मधेशी समुदायमा जमिनदार भनेका राजपूत, भूमिहार, यादव, थारू हुन् । वैश्य, मुसलमान र अन्य समुदायका पनि अपवादमा जमिनदार भेटिएलान् । यसरी हेर्दा जातीय र वर्गीय हिसाबले कांग्रेस र वामपन्थीहरूको सामाजिक वर्गीकरण सजिलै छुट्टिन्छ ।

क्षेत्रीय हिसाबले पूर्व-पश्चिम राजमार्ग छेउछाउमा एमालेको आधारक्षेत्र रहिआएको छ । राजमार्गभन्दा दक्षिणमा पनि वामपन्थीहरू नभएका होइनन्, तर कांग्रेसको उपस्थिति बेसी रहिआएको थियो ।

२०४६ सालपछि दलहरूले आफ्नो संरचना गाउँसम्मै लगे । प्रारम्भिक दुई स्थानीय र तीन संसदीय निर्वाचनमा मधेशमा कांग्रेस र त्यसपछि एमाले नै बलियो देखिएका थिए । नेपाल सद्भावना पार्टीको उपस्थिति कमजोरै देखिन्थ्यो । माओवादीको उदय भएपछि भने एमाले लगायत वामपन्थी समूहको ठूलै संख्या उता लागेका थिए ।

२०६३ सालपछि नयाँ-नयाँ मधेशी पार्टीको उदय भयो । मधेशी जनअधिकार फोरममा वामपन्थी मधेशीको झुकाव बढी देखिन्थ्यो भने तराई-मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)मा कांग्रेसी मधेशीहरूको । उपेन्द्र यादवजीको फोरम मधेशको कम्युनिस्ट पार्टी जस्तो थियो भने महन्त ठाकुरजी, राजेन्द्र महतोजीहरूको पार्टी मधेशको कांग्रेस पार्टी जस्तो । माओवादी र मधेशी पार्टीहरू कमजोर हुन थालेपछि त्यता लागेकाहरू एमाले र कांग्रेसमै फर्किने भए ।

अहिले एमाले प्रवेशको लहरबारे विश्लेषण गर्दा २०७२-७४ साल बीचको राजनीतिलाई बिर्सनुहुँदैन । संविधान निर्माणको त्यो राजनीति प्राविधिक रूपमा सुशील कोइरालाको नेतृत्व देखिए पनि असली नेतृत्व केपी शर्मा ओलीको थियो । नेपाली राज्य-राजनीतिमा विद्यमान खस-आर्य समुदायको वर्चस्वलाई निरन्तरता दिने गरी संविधान बनाउने त्यो नेतृत्वको खास उद्देश्य थियो । त्यसका लागि ओलीले आफ्नो खास शैलीबाट खस-आर्य समुदायलाई उद्वेलित पारिरहनुभयो । त्यो बेला कतिपय कांग्रेसीहरू भन्थे, ‘पार्टी मेरो कांग्रेस, नेता चैं ओली !’

मधेशमा मधेशी दलहरू आन्दोलन गर्दैथिए । उनीहरूले विभेद विरुद्धको अधिकारको लडाइँको नाममा मधेशी समाजलाई आन्दोलित बनाएका थिए । संविधानमा मधेशीको अधिकार कटौती भइराखेको कारण मात्र होइन, ओलीको बोलीका कारण पनि त्यो आन्दोलन ऊर्जावान् भइरहेको थियो ।

त्यसरी एमाले र मधेशी मोर्चाले एकअर्काविरुद्ध घृणाको राजनीति गरेका थिए । त्यसको रणनीतिक लाभ दुवै पक्षले लिए । खस-आर्य समुदायलाई उद्वेलित बनाउँदा २०७४ सालमा भएका तीन वटै तहका निर्वाचनमा ओली नेतृत्वको पार्टीले बढी सीट पायो । मधेशी दलहरूले पनि मधेशमा राम्रो मत बटुले ।

‘कोर’ मधेशमा एमाले पहिले पनि कमजोर थियो । गत चुनावमा थप प्रतिकूलता झेल्यो र निकै कम सीट जित्यो । अहिले माधवकुमार नेपालजीको समूह एमालेबाट निस्केर सत्ता गठबन्धनमा छ । सत्ताधारीहरूबीच फेरि चुनावी गठबन्धनको चर्चा छ । त्यसैले, एमालेले निर्वाचनलाई मध्यनजर गरेर ‘भ्याकेन्सी’ खोलेको छ, बम्पर उपहारसहित

त्यतिबेला हामी मधेश जाँदा एमाले, माओवादी वा कांग्रेसमा लागेका मधेशीहरू भन्थे, ‘पार्टी छोड्न त सकिन्न, तर नेताहरूले मधेशको भावना बुझेनन् । उनीहरूले आन्दोलनलाई सम्बोधन गर्दैनन्, तर यसपटक भोट त मधेशी पार्टीलाई नै दिनुपर्छ ।’

त्यतिबेलाको मधेशी माहोल एमालेका लागि मधेश खतरापूर्ण बनेको थियो । एमालेमा गएर चुनाव जित्न सक्ने सम्भावना थिएन । ओलीको बोलीको कारण मधेशमा एमाले घृणित पार्टी बनेको थियो । पार्टीमा रहेका धेरैजसो नेता निष्क्रिय बनेका थिए । धेरैले पार्टी नै छाडे । परिणाम, मधेश प्रदेशको कुल १३६ पालिकामध्ये एमालेले पूर्व-पश्चिम राजमार्ग आसपासका १८ ठाउँमा प्रमुख जितेको थियो । तीमध्ये ८ जना पहाडी समुदायका छन् ।

उता मधेशी दलहरूसँग आन्दोलनको रापतापवाला अनुकूलता थियो । मानिसहरू हृवारहृवार्ती मधेशी दलहरूमा आबद्ध भएका थिए । फोरम र राष्ट्रिय जनता पार्टी (राजपा)ले छुट्टाछुट्टै निर्वाचन लड्दा पनि २६-२६ पालिकामा प्रमुख जिते ।

अहिले एमालेको लागि दक्षिणतिर मधेशी बहुल क्षेत्रमा जनाधार बढाउनु प्राथमिकताको विषय बनेको हो । दक्षिणी भेगमा एमाले संगठनको अस्थिपञ्जर बाँकी नै छ । छाडेर जाने त मतदाता मात्र थिए ।

गत स्थानीय निर्वाचनमा एमाले र माओवादीबीच अनि मधेशी दलहरूबीच पनि गठबन्धन नहुँदा कांग्रेसलाई फाइदा भएको थियो । प्रदेशभरमा उसले एक्लै ४२ पालिकामा प्रमुख जितेको थियो ।

संघ र प्रदेशको चुनावमा एमाले र माओवादीबीच गठबन्धन भयो । मधेशी दलहरूले पनि गठबन्धन गरे । फलस्वरुप त्यो चुनावमा कांग्रेस कमजोर देखियो । यो कोणबाट हेर्दा एमालेलाई मधेशमा पुनस्र्थापित गर्ने माओवादी देखिन्छ !

ओलीले माओवादी र कांग्रेसलाई साथ लिएर संविधान निर्माणको राजनीतिको नेतृत्व गरिरहँदा मधेशीहरूले उहाँलाई गाली गरिरहेको माथि उल्लेख भइसकेको छ । मधेशी मोर्चाको त्यो भूल थियो । किनकि, संविधान संशोधनको सवालमा ओलीलाई ‘माइनस’ गर्न सम्भवै थिएन । अरूले चाहेर केही हुनेवाला थिएन । भावनात्मक कुरा अर्कै हो, तर संख्याको शक्ति ओलीसँगै थियो ।

आखिर त्यही भयो, संविधान संशोधनको बाटो पनि खुलेन । र, प्रदेश र संघको निर्वाचनमा हृदयेश त्रिपाठीको समूह ओलीसँग जानुपर्‍यो । यो क्रम त्यहीं रोकिएन । चुनावपछि उपेन्द्र यादव त्यही बाटो हिंड्नुभयो । ओली नेतृत्वको सरकारलाई स्पष्ट बहुमत हुँदाहुँदै उपेन्द्रजी सत्तामा जानुभयो । उहाँ र्फकन नपाउँदै राजपाका नेताहरू ओली सरकारमा जान लाइन लागेका थिए ।

मधेश आन्दोलनका नेताहरू नै ओलीसँग सहकार्य गर्न लाइन लाग्छन् भने हामी कार्यकर्ता किन नजाने भन्ने मनोविज्ञानको विकास भयो मधेशमा । त्यसरी एमाले र ओली दुवै ‘कोर’ मधेशमा परहेजको विषय रहिरहेन ।

अहिले देशमा निर्वाचनको माहोल छ, आन्दोलनको होइन । माओवादी जनयुद्ध र मधेश आन्दोलनमा ज्यान दिन तयार कार्यकर्ता भोटको राजनीतिमा प्रवेश गरेका छन् । राजनीतिमा हरेकले नाफा-घाटाको हिसाब गर्छ- कुन पार्टीमा लाग्दा टिकट पाइन्छ, कसरी चुनाव जितिएला ?

गत चुनावमा पूरै मधेश केपी ओली विरुद्ध र पहाड पक्षमा थियो । अहिले त्यो माहोल छैन । राष्ट्रिय राजनीति कांग्रेस भर्सेस एमाले अर्थात् दुई “ुवीय बनेको छ । बाँकी पार्टीहरू पेन्डुलमको अवस्थामा देखिन्छन् ।

अहिले कांग्रेसमा ठाउँ खाली किन छैन भने उसले सबै चुनाव एक्लै लडेको हो । ऊसँग कार्यकर्ताको विशाल पंक्ति रहेकोले नवप्रवेशीलाई टिकट दिन मुश्किल छ । यसै पनि कांग्रेसमा बागी व्यवस्थापनको चुनौती रहँदै आएको छ ।

प्राविधिक रूपमा पराजय व्यहोरे पनि मधेशमा कांग्रेस सबभन्दा बढी भोट ल्याउने पार्टी हो । स्थानीय निर्वाचनमा सबभन्दा बढी पालिका जितेको कांग्रेसले प्रदेश र संघमा कम सीट जिते पनि निकटतम प्रतिस्पर्धीमा अरूभन्दा कांग्रेस निकै अगाडि थियो । त्यसैले मधेश प्रदेशमा कांग्रेसभित्र ‘भ्याकेन्सी’ छैन ।

‘कोर’ मधेशमा एमाले पहिले पनि कमजोर थियो । गत चुनावमा थप प्रतिकूलता झेल्यो र निकै कम सीट जित्यो । अहिले माधवकुमार नेपालजीको समूह एमालेबाट निस्केर सत्ता गठबन्धनमा छ । सत्ताधारीहरूबीच फेरि चुनावी गठबन्धनको चर्चा छ । त्यसैले, एमालेले निर्वाचनलाई मध्यनजर गरेर ‘भ्याकेन्सी’ खोलेको छ, बम्पर उपहारसहित । त्यहाँ जानासाथ टिकट पाइने सम्भावना प्रबल छ ।

अहिले एमाले सत्तामा नरहे पनि सबभन्दा संगठित, नियन्त्रित र साधन, स्रोत र शक्तिलाई गज्जबसँग प्रयोग गर्ने पार्टी हो । त्यसैले, अवसर खोजिरहेकाहरूको एमाले उपयुक्त विकल्प बनिरहेको छ ।

(कुराकानीमा आधारित)

एन.पी खबर

Related Posts

नरहा गाउँपालिकामा पार्टी सुदृढीकरणका लागि जसपा नेपालको विस्तारित बैठक

नरहा गाउँपालिकामा पार्टी सुदृढीकरणका लागि जसपा नेपालको विस्तारित बैठक

सिरहा लहानमा न्यूटन ईन्स्टिच्युटको प्रेरणादायी बिदाई कार्यक्रम

सिरहा लहानमा न्यूटन ईन्स्टिच्युटको प्रेरणादायी बिदाई कार्यक्रम

सेवा निवृत्त शिक्षकद्वारा चमार समुदाय सेवा समिति निर्माणको लागी जग्गा दान

सेवा निवृत्त शिक्षकद्वारा चमार समुदाय सेवा समिति निर्माणको लागी जग्गा दान

श्रमिकको आस्था बुझन उप -प्रमुख महतो दलित  बस्तीमा

श्रमिकको आस्था बुझन उप -प्रमुख महतो दलित  बस्तीमा

पीडित मुखियालाई घर बनाई दिने नगर प्रमुख महतो द्वारा प्रतिबद्धता

पीडित मुखियालाई घर बनाई दिने नगर प्रमुख महतो द्वारा प्रतिबद्धता

समाजवादी महिला संघ, नेपालको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन निधी भवनमा हुदै

समाजवादी महिला संघ, नेपालको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन निधी भवनमा हुदै

लोकप्रीय

स्वतन्त्र उम्मेदवार गिरी भन्छन्– ‘सत्ता होइन, संस्कारको राजनीति चाहिन्छ’

स्वतन्त्र उम्मेदवार गिरी भन्छन्– ‘सत्ता होइन, संस्कारको राजनीति चाहिन्छ’

बिचारको धनी सिरहा १ मा चर्चित स्वतन्त्र उम्मेदवार सन्तोष गिरी,चर्चामा

बिचारको धनी सिरहा १ मा चर्चित स्वतन्त्र उम्मेदवार सन्तोष गिरी,चर्चामा

जेन्जी आन्दोलनको प्रभाव लहानमा पनि, पुराना दल छोड्दै युवा रास्वपामा प्रवेशको लहर

जेन्जी आन्दोलनको प्रभाव लहानमा पनि, पुराना दल छोड्दै युवा रास्वपामा प्रवेशको लहर

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि सलहेश फुलवारीको खेलकुद दिवस

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि सलहेश फुलवारीको खेलकुद दिवस

बरियारपट्टीमा कांग्रेसको जनलहर, राम चन्द्र जिताउन हजारौँको सहभागिता

बरियारपट्टीमा कांग्रेसको जनलहर, राम चन्द्र जिताउन हजारौँको सहभागिता

अन्नदान महादान हो’ : स्व. प्रमानन्द महतोको स्मृतिमा कुशवाहा समुदायको उदाहरणीय मृत्यु भोज

अन्नदान महादान हो’ : स्व. प्रमानन्द महतोको स्मृतिमा कुशवाहा समुदायको उदाहरणीय मृत्यु भोज

ग्रामीण पीडितका आवाज बुलन्द गर्न ‘लोक आवाज खबर’को सुरुवात

ग्रामीण पीडितका आवाज बुलन्द गर्न ‘लोक आवाज खबर’को सुरुवात

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • स्वतन्त्र उम्मेदवार गिरी भन्छन्– ‘सत्ता होइन, संस्कारको राजनीति चाहिन्छ’
  • बिचारको धनी सिरहा १ मा चर्चित स्वतन्त्र उम्मेदवार सन्तोष गिरी,चर्चामा
  • जेन्जी आन्दोलनको प्रभाव लहानमा पनि, पुराना दल छोड्दै युवा रास्वपामा प्रवेशको लहर
  • विद्यार्थीको सर्वाङ्गीण विकासका लागि सलहेश फुलवारीको खेलकुद दिवस
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?