Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, May 26, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, May 26, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

यौन दुर्व्यवहारको आरोप लागेका निर्देशक वुडी एलेनविरुद्ध भेनिस रेडकार्पेटमा प्रदर्शन

यौन दुर्व्यवहारको आरोप लागेका निर्देशक वुडी एलेनविरुद्ध भेनिस रेडकार्पेटमा प्रदर्शन

The 80th Venice Film Festival - Premiere for the film "Coup de Chance" out of competition - Red Carpet - Venice, Italy, September 4, 2023 - Director Woody Allen attends. REUTERS/Yara Nardi

काठमाडौं । हलिउड निर्देशक वुडी एलेनको फिल्म ‘कुप डे चान्स’को वर्ल्ड प्रिमियरको क्रममा भेनिस फिल्म फेस्टिभलबाहिर विरोध प्रदर्शन भएको छ । निर्देशक एलेनलाई रेडकार्पेटमा आतिथ्य प्रदान गरेर फेस्टिभलले ‘रेप कल्चर’लाई पश्रय दिएको भन्दै प्रदर्शनकारीले अर्धनग्न भएर प्रदर्शन गरेका थिए ।

सोमबार राति भेनिसमा एलेन निर्देशित उक्त फिल्मले तीन मिनेट लामो स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको छ । प्रदर्शनकारीको समूहले ‘नो रेप कल्चर’जस्ता नारा लगाएको थियो । ‘हामीले निर्देशकबाट पीडित भएका र आवाजविहीनको आवाज बोलिरहेका छौं, बलात्कारी रोगी होइन, ऊ पितृसत्ताको स्वस्थ छोरा हो, बलात्कारी निर्देशकको लागि कुनै स्पटलाइट जरुरी छैन, अलौकिक मानिसको अस्तित्व छैन,’ लगायतका नारा लगाइएका थिए ।

एलेन रेडकार्पेटमा निस्कनुअघि प्रदर्शन सुरु भएको थियो । प्रदर्शनकारीले चर्का नारा लगाउनुअघि वस्त्र उतारेका थिए । केही मिनेटसम्म प्रदर्शन चलेपछि प्रहरीले आएर हटाएको थियो । मेलानिया नाम गरेकी प्रदर्शनकारीले हलिउड रिपोर्टरलाई बताएअनुसार उनीहरुले ‘बलात्कार संस्कृति’ भनिने प्रवृत्तिको विरोधमा प्रदर्शन गरेका थिए ।

अर्की प्रदर्शनकारी मार्थाले एक मात्र नभएर यौन उत्पीडनको आरोप लागेका तीन निर्देशकलाई भेनिसले निम्त्याएको विरोधमा प्रदर्शन भएको थियो । उनीहरुविरुद्ध १७ यौन दुर्व्यवहारको आरोप लागेको उनले बताएकी छन् । उनीहरुले यौन दुर्व्यवहारमा मुछिएका निर्देशक र फिल्ममेकरलाई भेनिसले सम्मान गर्नु सबै महिला र फेस्टिभलको अपमान भएको टिप्पणी गरेका छन् ।

यस वर्षको भेनिसले यस्तो आरोप लागेका निर्देशकहरु एलेनसहित ल्युक बेसन र रोमन पोलोन्स्कीलाई उनीहरुको फिल्म प्रिमियर गर्न मौका दिएको थियो । एकातिर हलिउड हड्तालको सामना गरिरहेको भेनिसले अर्कोतर्फ यस्तो किसिमको आलोचनाको पनि सामना गरिरहेको छ ।

‘कुप डे चान्स’ फिल्म आफ्नो करिअरको अन्तिम हुन सक्ने संकेत निर्देशक एलेनले यसअघि नै गरिसकेका छन् ।

एन.पी खबर

Related Posts

मधेस–मधेसीको एजेन्डासहित जनमत पार्टीप्रति बढ्दो जनविश्वास

मधेस–मधेसीको एजेन्डासहित जनमत पार्टीप्रति बढ्दो जनविश्वास

लहानमा सयौं स्कुल बससहित सरकारविरुद्ध प्रदर्शन

लहानमा सयौं स्कुल बससहित सरकारविरुद्ध प्रदर्शन

खानेपानी र कृषि मिटर समस्या समाधानको माग गर्दै जसपाको दबाब

खानेपानी र कृषि मिटर समस्या समाधानको माग गर्दै जसपाको दबाब

पालिका स्तरीय अन्तरविद्यालय छात्र-छात्रा भलिबल प्रतियोगिता

पालिका स्तरीय अन्तरविद्यालय छात्र-छात्रा भलिबल प्रतियोगिता

यातायात व्यवसायी संघ सिरहाको अधिवेशन: ऐन संशोधनको माग प्रमुख एजेन्डा

यातायात व्यवसायी संघ सिरहाको अधिवेशन: ऐन संशोधनको माग प्रमुख एजेन्डा

‘सिंघम ३’ लक्ष्मीपूजामै आउने

‘सिंघम ३’ लक्ष्मीपूजामै आउने

लोकप्रीय

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग

ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग

जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु

जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु

लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष

३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष

अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी

अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न
  • प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि
  • ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग
  • जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?