Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, May 2, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, May 2, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

किशोरकिशोरीसँग यौन स्वास्थ्यको कुरा


किशोरकिशोरीसँग यौन स्वास्थ्यको कुरा

‘बैंसले मात्तिएको’, ‘बैंस चढेको’ । किशोरवयको चञ्चलतालाई यसरी बुझ्ने वा बुझाइने गरिन्थ्यो, पुरातन समाजमा । यद्यपि एउटा उमेर चरणमा यस्तो चञ्चलता स्वभाविक हुने गर्छ । त्यसबेला हुने शारीरिक परिवर्तन र भावनात्मक उथलपुथलले पनि उनीहरुलाई बढी चञ्चल बनाइरहन्छ ।

त्यसैले त यस उमेरमा उनीहरु नयाँ नयाँ साथी बनाउने, विपरीत लिंगीप्रति आकर्षित हुने, यौनका कुरामा चासो राख्ने गर्छन् । जबकि यो कुरा उनीहरुले खुलेर व्यक्त गर्न असहज मान्छन् । यौनप्रतिको उत्सुकता मात्र होइन, आफ्नै यौनाङ्गहरुको विकासले पनि उनीहरुमा कति प्रश्न जगाउँछ । डर र आशंका पैदा गरिदिन्छ । यौनसँग जोडिएका यस्ता असंख्य जिज्ञासा उनीहरुको मनभित्रै गाँठो पर्छ । त्यसले उनीहरुलाई बिस्तारै कुण्ठित बनाउने जोखिम हुन्छ ।

असुरक्षित यौन सम्बन्ध, अनिच्छित गर्भाधान, यौन हिंसा, दुर्व्यवहार, बलात्कार जस्ता कृत्य निम्त्याउने कारक पनि यही हुन सक्छ ।

इन्टरनेट र अश्लील सामग्रीको लत

ठूलो जोखिम के छ भने अहिलेका बालबच्चा इन्टेरनेटको सहज पहुँचमा छन् । त्यसबाट उनीहरु खोजीखोजी अश्लLल सामग्री हेर्न सक्छन् । उनीहरुलाई यौन शिक्षा र अश्लLल सामग्रीको भेद थाहा हुँदैन । त्यसैले आफ्नो जिज्ञासा शान्त पार्ने चक्करमा उनीहरु अश्लLल फोटो / भिडियोको लतमा पर्न सक्छन् ।

त्यति मात्र होइन, सामाजिक सञ्जालबाट साथी बनाएर अश्लील संवाद गर्ने, अश्लील फोटो, भिडियो साझेदार गर्ने सम्भावना पनि हुन्छ । यसले उनीहरुलाई भोलिको दिनमा निकै ठूलो समस्यामा फसाउन सक्छ । त्यसैले यी सम्पूर्ण कुराबाट सही निकास दिन छोराछोरीसँग यौन ज्ञान र यौन स्वास्थ्यबारे चर्चा गर्नु जरुरी छ ।

यौन हिंसामा पो छ कि ?

हाम्रा बालबच्चाहरुमाथि उनकै सहपाठीहरुले यौन हिंसा पो गरिरहेका छन् कि ? इन्टरनेटबाट यस्तो जोखिम हुन सक्छ ।

उनीहरुलाई सामाजिक सञ्जालमार्फत अश्लील सामग्री पठाउने, अश्लील कार्य गर्न उकास्ने गरेका हुन सक्छन् । यसरी यौन हिंसामा परेको छ भने पनि उनीहरु दुःखी हुन सक्छन् । कतिपयले उनीहरुलाई फकाएर, फसाएर अश्लील फोटो, भिडियो साझेदार गर्न लगाएका हुन सक्छन् । अनि त्यसैको माध्यमबाट अरु फाइदा उठाउने कोसिस गरेका हुन सक्छन् । त्यसैले आफ्नो बालबच्चा कस्तो मनोदशामा छन् भनेर बुझ्न र खोज्न जरुरी छ । साथै इन्टरनेटबाट हुने यौन हिंसाको रुप, त्यसको जोखिमबारे बताउनुपर्छ ।

खासगरी आमाबुवाले आफ्ना किशोर उमेरका छोराछोरीसँग यौन स्वास्थ्य र संयमताको कुरा गर्नुपर्ने हुन्छ । तर कसरी ?

कुराकानीको बहाना खोजौं

हाम्रो जस्तो पारिवारिक संरचनामा बुवाआमा र छोराछोरीबीच यौनका विषयमा कुराकानी गर्नु त्यति सहज छैन । कसरी कुरा गर्ने, के भन्ने ? अभिभावकमा दुविधा हुन्छ । यसको लागि कुनै बहाना खोज्न सकिन्छ ।

जस्तो टेलिभिजन, पत्रपत्रिका, सामाजिक सञ्जाल आदिमा आउने यौन सम्बन्धी समाचार, विज्ञापन । त्यही सामग्रीलाई केन्द्रमा राखेर कुरा उप्काउन सकिन्छ र आफूले भन्नुपर्ने वा भन्न खोजेको कुरा थपथाप गर्न सकिन्छ ।

कुन–कुन विषयमा कुराकानी गर्ने ?

आठ–नौ वर्षको उमेरदेखि नै छोरीहरुमा मासिक स्राव सुरु हुन सक्छ । अर्थात् उनीहरुको शारीरिक परिवर्तन त्यसबेला हुन्छ, जतिबेला उनीहरु कलिलै उमेरका हुन्छन् । यसबेला उनीहरुको शरीर परिपक्व हुँदै गए पनि भावनात्मक रुपमा उनीहरु परिपक्व भएका हुँदैनन् । यसले गर्दा आफ्नो शरीरमा के भइरहेको छ भन्नेमा उनीहरुलाई डर, लाज, ग्लानि हुन सक्छ । यो एक स्वभाविक प्रक्रिया हो र यसलाई सहज रुपमा लिनुपर्छ भन्ने कुरा बालबच्चालाई सिकाउनुपर्छ ।

किशोरावस्थामा हुने शारीरिक परिवर्तनबारे कुरा गर्न सकिन्छ । जस्तो महिनावरी, यौनांगको विकास । यसबेला उनीहरुसँग महिनावारी हुँदा के कस्तो शारीरिक समस्या हुन सक्छ, त्यसबेला कसरी शारीरिक स्वच्छता अपनाउने भन्नेदेखि प्याडको प्रयोगसम्मका कुरामा चर्चा गर्न सकिन्छ ।

यौनांगको सफाइ कसरी गर्ने, यदि त्यसो नगरिए के हुन सक्छ, भित्री वस्त्र कति अवधिमा फेर्ने जस्ता कुरा पनि भन्न जरुरी छ । यौनांगको विकाससँगै हुने शारीरिक वा भावनात्मक परिवर्तनबारे पनि बुझाउनुपर्छ ।

जति–जति उनीहरु हुर्कंदै जान्छन्, यौनप्रतिको उत्सुकता पनि बढ्दै जान्छ । यो चरणमा स्वप्नदोष हुने, विपरीत लिंगीप्रति आकर्षण बढ्ने हुन्छ । यसलाई कसरी सहज रुपमा लिने भनेर आमाबुवाले चर्चा गर्न जरुरी हुन्छ ।

आमाबुवाले यस्तो अनुकूल वातावरण बनाइदिनु पर्छ कि, छोराछोरीले यौनका विषयमा स्पष्ट कुरा गर्न सकुन् ।

किशोरहरुको यौन सम्बन्धित निम्न प्रश्नहरु गर्न सक्छन् :

मलाई कसरी थाहा हुन्छ कि म यौनको लागि तयार छु भनेर ?

साथीहरुको दबाब, जिज्ञासा र एक्लोपन जस्ता समस्याले किशोरकिशोरीलाई यौनमा संलग्न हुन उक्साउँछ । आमाबुबाले उनीरुलाई यौनको लागि संयम हुनुपर्छ भनेर सम्झाउनुपर्छ । यौन एक वयस्क व्यवहार हो । त्यसैले अर्को साथीसँग यौनजन्य व्यवहार गर्ने भन्दा पनि स्वस्थ सम्बन्ध स्थापित गर्न प्रेरित गर्नुपर्छ । आमाबुबाले किशोरहरुलाई अरुसँग बोलेर, खेलेर, नाचेर, गाएर र अन्य क्रियाकलाप गरेर सम्बन्ध जोड्न सकिन्छ भनेर सम्झाउनुपर्छ ।

के हुन्छ यदि मेरो पार्टनर चाहिं यौनको लागि सहमत हुन्छ तर म भने सहमत भइनँ भने ?

यदि किशोरकिशोरी यौनका लागि तयार छैनन् भने त्यसमा केही जबर्जस्ती गर्ने कुरा हुँदैन । कुनै प्रकारको जबर्जस्ती यौन सम्पर्क हुनु भनेको बलात्कार हुनु हो, चाहे त्यो माया गर्ने व्यक्ति होस् वा नचिनेको व्यक्ति ।

सुरक्षित यौनको विधिबारे जानकारी

यदि किशोरकिशोरी यौनमा सक्रिय छन् भने आमाबुबाले यसबारे कुरा गर्नु निकै महत्त्वपूर्ण छ । उनीहरु यसबारे कुरा गर्न खोज्दैनन् भने आमाबुबाले नै राम्रोसँग यसको कुराकानी सुरु गर्नुपर्छ । आमाबुबाले किशोरकिशोरीलाई यौनमा सक्रिय भएपछिको जिम्मेवारीहरु सम्झाउनुपर्छ । आमाबुबाले सुरक्षित यौनको महत्वलाई राम्ररी बुझाउनुपर्छ । उनीहरुलाई यौनमा संलग्न हुने बेला कण्डम र अन्य गर्भनिरोधक विधिबारे बुझाउनुपर्छ ।

एजेन्सीको सहयोगमा

एन.पी खबर

Related Posts

सिरहामा विशेषज्ञ दन्त सेवा सुरु, ‘बी एण्ड बी डेन्टल’मा उपचार थालियो

सिरहामा विशेषज्ञ दन्त सेवा सुरु, ‘बी एण्ड बी डेन्टल’मा उपचार थालियो

लघुवित्त पीडितको आक्रोश : ‘अब ठगहरूलाई ठेगान लगाएरै छाड्छौं’

लघुवित्त पीडितको आक्रोश : ‘अब ठगहरूलाई ठेगान लगाएरै छाड्छौं’

स्वस्थ जीवनशैलीको प्रवर्द्धन: सिरहामा तीनदिने योग शिविर सम्पन्न

स्वस्थ जीवनशैलीको प्रवर्द्धन: सिरहामा तीनदिने योग शिविर सम्पन्न

लहानमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर, गंगालालकै स्तरको अस्पताल बनाउने योजना

लहानमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर, गंगालालकै स्तरको अस्पताल बनाउने योजना

मानसिक स्वास्थ्यका लागि तीन दिने मनोविमर्श तालिम सम्पन्न

मानसिक स्वास्थ्यका लागि तीन दिने मनोविमर्श तालिम सम्पन्न

नेपालमा ७१% मानिस नसर्ने रोगबाट प्रभावित, लहानमा निःशुल्क उपचार सेवा सुरू

नेपालमा ७१% मानिस नसर्ने रोगबाट प्रभावित, लहानमा निःशुल्क उपचार सेवा सुरू

लोकप्रीय

जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु

जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु

लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष

३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष

अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी

अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु
  • लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • ३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष
  • अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?