महेश सिंह लहान,सिरहा –नेपालका पूर्वराजा श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव र पूर्वरानी श्री ५ कोमल राज्यलक्ष्मी देवी शाहको समर्थनमा सिरहा जिल्लाको लहानमा भव्य कार्यक्रमको आयोजना गरिने भएको छ।
नागरिक समाज, लहान (सिरहा) द्वारा आयोजित यस कार्यक्रममा २०७९ साल फागुन ६ गते पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा गरिएको शाही घोषणाको उपलक्ष्यमा फागुन १६ गते ११०० वटा दियो प्रज्वलन गरिने तयारी गरिएको छ।
कार्यक्रम लहानको महेन्द्र चौक (राजमार्ग) मा दिउँसो ८:०० बजे आयोजना गरिनेछ। यस कार्यक्रमको विशेष पहल सुशील चन्द्र अधिकारी र सुर्य नारायण साहको अध्यक्षतामा भइरहेको छ। आयोजक समितिले कार्यक्रम भव्य र ऐतिहासिक हुने बताएको छ।
पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय विभिन्न सार्वजनिक कार्यक्रममार्फत राष्ट्रको स्थायित्व, एकता, र समृद्धिको पक्षमा अभिव्यक्ति दिँदै आएका छन्। २०७९ साल फागुन ६ गते गरिएको शाही घोषणाको सम्झनामा नेपालभर कार्यक्रमहरू आयोजना भइरहेका छन्, जसअन्तर्गत लहानमा यो विशेष कार्यक्रम गर्न लागिएको हो।
लहानमा आयोजना गरिन लागेको यो कार्यक्रमलाई पूर्वराजावादी समर्थकहरूका साथै स्थानीय समुदायले समेत चासोका रूपमा हेरिरहेका छन्। कार्यक्रममा स्थानीय तथा राष्ट्रिय तहका शाही समर्थक व्यक्तित्वहरूको समेत उपस्थिति रहने अनुमान गरिएको छ।
नागरिक समाज, लहानका अनुसार कार्यक्रमलाई भव्य बनाउन विभिन्न तयारीहरू अघि बढाइएको छ। स्थानीय प्रशासनसँग आवश्यक समन्वय गरी सुरक्षा व्यवस्थाका साथै शान्तिपूर्ण तरिकाले कार्यक्रम सम्पन्न गराउने योजना बनाइएको छ।
शाही शासन व्यवस्थाको पुनर्स्थापना, हिन्दू राष्ट्रको माग तथा संवैधानिक राजतन्त्रको विषयलाई लिएर नेपालका विभिन्न स्थानमा यस्ता कार्यक्रमहरू भइरहेका छन्। लहानमा हुन लागेको यो कार्यक्रमले कस्तो प्रभाव पार्नेछ भन्ने विषयमा स्थानीय तथा राष्ट्रिय तहमा चासो बढेको छ।
लहानमा पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा आयोजना हुन लागेको दियो प्रज्वलन कार्यक्रम शाही पक्षधरहरूका लागि महत्वपूर्ण मानिएको छ। सुशील चन्द्र अधिकारी र सुर्य नारायण साहको विशेष पहलमा हुन लागेको यो कार्यक्रम भव्य आयोजकले बताए।