महेश सिंह, लहान । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ स्थित त्रिमूर्ति चोकमा शान्तिनगर बजार विकास समिति तथा मेला व्यवस्थापन समितिको आयोजनामा वार्षिकोत्सव तथा कार्तिक पूर्णिमा मेला आयोजना गरिएको छ।
स्थानीय बजारको पहिचान, सामाजिक एकता तथा धार्मिक र सांस्कृतिक परम्पराको संरक्षण गर्ने उद्देश्यले शान्तिनगर बजार विकास समितिले वार्षिकोत्सवसँगै कार्तिक पूर्णिमा मेला आयोजना गरेको हो।
‘सबैको सहभागिता, सबैको सहयोग’ भन्ने मूल नारासहित आयोजित मेलामा सहभागी हुने सम्पूर्ण महानुभावहरूलाई आयोजक समितिले हार्दिक स्वागत गरेको छ।
मेलाको आयोजकका रूपमा शान्तिनगर बजार विकास समिति तथा मेला व्यवस्थापन समिति रहेका छन् भने सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर ३ को कार्यालयले सौजन्य गरेको छ।
स्थानीयस्तरमा आपसी सद्भाव, सहकार्य र सामुदायिक सहभागिता अभिवृद्धि गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
पुर्व गाबिस अध्यक्ष राम नारायण यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेशका पुर्व सांसद अशोक कुमार यादव रहनु भएको थियो भने बिशिस्ट अतिथिमा गाउँपालिका अध्यक्ष केदार नाथ यादव,शिक्षा शाखा प्रमुख भोगेन्द्र प्रसाद यादव, वाडा अध्यक्ष भोगी यादव, शिक्षक रामखेलोन यादव,शशी चौधरी , शत्रुधन यादव शिक्षक भोगेन्द्र यादव लगायतका अतिथिहरुको सहभागीता रहेको आयोजकले जानकारी दिनु भयो।
उक्त सांस्कृतिक कार्यक्रममा माबी महेशवारी, माबी महदेवा पोर्ताहा , माबी सोठियाईन, माबी मौवाहीका विद्यार्थीहरुले सांस्कृतिक नृत्यमा मिथिलाको काला संस्कृति झलकिने गरी उजागर गर्न भाग लिएको थियो।








