Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, September 27, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, September 27, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला

बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला

महेश सिंह लहान सिरहा- आर्थिक कारोबार, बचत, डिजिटल बैंकिङ र सुरक्षित आवासबारे व्यवहारिक ज्ञान पाएपछि सिरहाको गोलबजार नगरपालिका–४ निपनिया टोलका ग्रामीण महिला आर्थिक निर्णयमा थप सचेत बन्न थालेका छन्।

सहारा नेपालद्वारा सञ्चालित होम्स नेपाल परियोजनाअन्तर्गत लघुवित्त समूहमा आबद्ध महिला सदस्य तथा स्थानीय महिलालाई लक्षित गरी सञ्चालन गरिएको आठदिने वित्तीय साक्षरता तथा सुरक्षित आवाससम्बन्धी तालिमले सहभागीलाई आम्दानी र खर्च व्यवस्थापनदेखि वित्तीय जोखिम न्यूनीकरणसम्मका विषयमा व्यवहारिक ज्ञान दिएको हो।

JOA को आर्थिक सहयोग तथा Habitat for Humanity को साझेदारीमा सञ्चालित तालिममा मिथिला लघुवित्त संस्थामा आबद्ध सदस्यसहित महिला तथा पुरुष गरी २१ जनाको सहभागिता रहेको थियो। भदौ २५ देखि असोज २ गतेसम्म सञ्चालन भएको तालिम प्रत्येक दिन दुई घण्टाका दरले सञ्चालन गरिएको आयोजकले जनाएको छ।

तालिममा सहभागीलाई आवश्यकता र चाहनाबीचको फरक पहिचान, पारिवारिक वित्तीय योजना, बचत तथा वित्तीय लक्ष्य निर्धारण, जिम्मेवार खर्च, बैंकिङ सेवा, मोबाइल तथा विद्युतीय बैंकिङको सुरक्षित प्रयोग, बीमा, विप्रेषण, वित्तीय जोखिम तथा गुनासो व्यवस्थापनबारे जानकारी दिइएको थियो।

त्यस्तै, सहभागीलाई सुरक्षित आवास व्यवस्थापन, जोखिम न्यूनीकरण, लघु व्यवसाय सञ्चालन तथा व्यवसायिक योजना निर्माणका विषयमा समेत अभ्यास गराइएको थियो। प्रशिक्षकहरूले व्याख्यानमा मात्र सीमित नरही अन्तरक्रिया तथा व्यवहारिक अभ्यासमार्फत विषयवस्तु सहजीकरण गरेका थिए।

समापन कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल, सिरहा शाखाका संयोजक गोविन्द विष्टले महिलाले बचतलाई प्राथमिकता दिन सके परिवारको आर्थिक व्यवस्थापनमा सकारात्मक प्रभाव पर्ने बताए। उनले महिलामा वित्तीय ज्ञान बढाउन सके त्यसको प्रभाव परिवार हुँदै समुदायको आर्थिक अवस्थामा समेत पर्ने उल्लेख गरे।

जिल्ला समन्वय समिति सिरहाका सदस्य जानकी यादवले महिलाको आर्थिक सशक्तीकरणका लागि वित्तीय ज्ञान र सीप आवश्यक रहेको बताए। मिथिला लघुवित्त संस्था चोहर्वा शाखाका प्रमुख रामानन्द यादवले तालिमले संस्थामा आबद्ध सदस्यमा वित्तीय अनुशासन विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

महिला अधिकारकर्मी रीता महतोले महिलालाई घरायसी जिम्मेवारीमा मात्र सीमित नराखी आयआर्जन तथा साना व्यवसायमा जोड्नुपर्ने बताइन्। उनले महिलाको आर्थिक आत्मनिर्भरता बढेसँगै परिवार तथा समाजमा निर्णय गर्ने क्षमता पनि बलियो हुने धारणा व्यक्त गरिन्।

सञ्चारकर्मी महेश सिंहले तालिमबाट प्राप्त ज्ञान व्यवहारमा लागू गर्न सकेमात्र त्यसको वास्तविक उपलब्धि देखिने बताए। ग्रामीण महिलालाई लक्षित गरी सञ्चालन गरिएका यस्ता कार्यक्रमले आर्थिक सचेतना बढाउनुका साथै आत्मनिर्भरतातर्फ अघि बढ्न सहयोग पुग्ने उनको भनाइ थियो।

तालिमकी सहभागी पुनम रामले आर्थिक अनुशासन तथा बचतसम्बन्धी व्यवहारिक ज्ञान प्राप्त भएको बताइन्। अर्की सहभागी विद्या साहले अनावश्यक खर्च घटाएर बचत बढाउने तथा आर्थिक निर्णय गर्दा सोचविचार गर्ने आत्मविश्वास बढेको बताइन्।

सहारा नेपालका सिरहा जिल्ला अधिकृत राम भरोसी महतोले तालिमको प्रारम्भमा सहारा नेपाल, Habitat for Humanity र होम्स नेपाल परियोजनाबारे जानकारी गराउँदै कार्यक्रमको उद्देश्य र अपेक्षित उपलब्धिबारे प्रकाश पारेका थिए। तालिमको सहजीकरण गंगामाया श्रेष्ठ तथा वित्तीय साक्षरता र सुरक्षित आवाससम्बन्धी प्रशिक्षक प्रशिक्षण प्राप्त प्रियंका कुमारी महतोले गरेका थिए।

आयोजकका अनुसार तालिमपछि सहभागीमा बचत गर्ने, जिम्मेवार रूपमा खर्च गर्ने, वित्तीय सेवाको सुरक्षित प्रयोग गर्ने तथा वित्तीय जोखिम र ठगीबाट जोगिने क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ। सुरक्षित आवाससम्बन्धी ज्ञानले घर तथा आवास व्यवस्थापनमा जोखिम न्यूनीकरण गर्नसमेत सहयोग पुग्ने जनाइएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता

एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता

रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 

रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 

भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न

भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

लोकप्रीय

युवा सहभागिता र नयाँ सोचसहित लहान कांग्रेस सभापतिमा उमेश चौधरीको दाबी

युवा सहभागिता र नयाँ सोचसहित लहान कांग्रेस सभापतिमा उमेश चौधरीको दाबी

बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला

बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला

एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता

एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता

रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 

रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 

भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न

भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • युवा सहभागिता र नयाँ सोचसहित लहान कांग्रेस सभापतिमा उमेश चौधरीको दाबी
  • बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला
  • एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता
  • रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?