Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, June 6, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, June 6, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

कोरोना भाइरसको दोस्रो लहरमा कसरी गर्ने शिक्षण सिकाई ?


कोरोना भाइरसको दोस्रो लहरमा कसरी गर्ने शिक्षण सिकाई ?

सन् २०१९ डिसेम्बरमा चाइनाको वुहान सहरलाई इपिसेन्टर बनाएर पहिलो पटक मानवजातिमा नोबेल कोरोना (कोभिड १९) भाइरसको केस पहिचान भए पश्चात सुरुका दिनमा चाइना फ्रान्स अमेरिका इटली इरान दक्षिण कोरीया मलेसिया स्पेन थाइल्यान्ड यूके यूएसए जर्मनी अस्ट्रेलियामा यसको फैलावट भए पनि यतिबेला पुन: कोरोना भाइरसको दोस्रो लहर नेपालमा दिनप्रति दिन संक्रमणको दर र कोरोनाबाट मृत्यु हुने स्ख्या बढ्दै गएको छ। स्थिति भयावह बन्दै जनजीवनमा प्रत्यक्ष प्रभाव परेको छ। तसर्थ कोरोना भाइरसको दोस्रो लहरमा शिक्षण सिकाई एकदमै प्रभावित भएको छ। मानिसको जीवन अमूल्य छ। त्यसैले मानिसको जीवनको रक्षा गर्नु हामी सबैको कर्तव्य हुन आउँछ।

अहिलेको समयमा नै छिमेकी मूलुक भारतमा कोरोनाको तेस्रो लहर हुने समाचार माध्यमबाट आइरहेको छ। साथै भारतमा पनि संक्रमण दर र मृत्यु संख्या उच्च गतिले बढ्दै गइरहेको अवस्था सर्वविदित नै छ। सुरु सुरुमा कोरोनाको संक्रमण दर र मृत्यु हुने संख्या न्यून थियो। त्यतिबेला मानवजातिमा अत्याधिक डर, त्रास, चिन्ता थियो र मान्छेहरु खुब सचेत भई जीवन यापन गरेका थिए। तर अहिले नेपालमा संक्रमण दर दैनिक ९ हजार सेरोफेरोमा र मृत्यु संख्या ५० देखि १००को सेरोफेरोमा भइरहेको तथ्य समाचार माध्यमबाट आइरहेको भएता पनि पहिला जस्तो डराएका छैन्।

पूर्ण सचेत भए पनि स्वास्थ्य तथा सुराक्षाका मापदण्डहरु अपेक्षित मात्रामा पालना गरेका छैनन्। तर कोरोना जस्तो माहामारी रोगले न त धनी हेर्छन्, न त आफन्त चिन्दछन्, न त ठूलो व्यक्तिलाई छोड्दछन्। त्यसैले गर्दा यस्तो परिस्थितिमा पनि उच्च मनोबल, धैर्य, साहस र आत्मविश्वासका साथ स्वास्थ्य तथा सुरक्षाका सम्पूर्ण तरिकाहरु अपनाएर निर्देशनहरु पालना गर्दै स्वच्छ जीवन यापनमा सहभागी भई नियमित योग अभ्यास गर्दै समय कार्य तालिका बनाएर कोरोना भाइरसको दोस्रो लहरको समयमा पनि वैकल्पिक विधिद्वारा शिक्षण सिकाई किर्याकलापलाई सँग-सँगै लग्दै जीवन यापनलाई समान्य तर्फ फर्काई बालबालिकाहरुको भविष्यप्रति चिन्तित भई समयको सदुपयोग गर्नुपर्दछ।

जसरी यउटा सुन्दर नदीमा पानी निरन्तर बगिरहन्छ, त्यसरी नै आएको परिस्थितिमा पनि शिक्षण सिकाईलाई नरोकी वैकल्पिक विधिद्वारा निरन्तर गर्नु र गराउनु हामी सबैको कर्तव्य हो। तसर्थ अहिलेको कोरोना भाइरसको दोस्रो लहर चलिरहेको अवस्थामा तीनवटा मूल मन्त्र अन्तर्गत अनिवार्य मास्क लगाउने, नियमित सरसफाई गर्ने र सामाजिक/भौतिक दूरी कायम गर्दै जीवन यापनलाई सहज बनाई वैकल्पिक विधिद्वारा शिक्षण सिकाइ गर्नु र गराउनु अहिलेको आवश्यकता हो। नेपालमा कोरोना भाइरसको फैलावट जिल्लागत, संख्यागत बढ्दो ग्राफमा फैलिइएको अवस्थामा माहामारी नियन्त्रणलाई पर्खिने भन्दा पनि माहामारी सँग सँगै हाम्रो दैनिक जीवन यापनलाई समायोजित गर्दै शिक्षण सिकाइ किर्याकलाप वैकल्पिक विधिद्वारा सञ्चालन गराई शिक्षण सिकाइ किर्याकलाप जीवन्त राख्नु हामी सबैको कर्तव्य हो।

अब के गर्ने त ?

१ स्थानीय पालिकाहरुले नेतृत्व लिएर कार्य योजना बनाई प्रधानाध्यापकहरु, शिक्षकहरु र अभिभावकहरु सँग समन्वय सहकार्य गर्दै तुरन्त Zoom बैठक/ अन्तकिर्या गर्ने

२ निरन्तर समन्वय/सहकार्य गर्दै आ आफ्ना स्थानीय परिवेश तथा कोभिडको दोस्रो लहरलाई विश्लेषन गरेर उपलब्ध प्रविधि तथा स्रोत साधनको सम्भावनालाई मूल्याङ्कन गरी आवश्यक पर्ने थप स्रोतको खोजी गरी वैकल्पिक पद्धतिद्वारा शिक्षण सिकाइ किर्याकलाप गर्ने र गर्न लगाउने किनकि कोभिड रोकिएला वा अवस्था सामान्य होला त्यसपछि गरौँला भनेर कुर्ने समय छैन्।

३ विगतमा पनि केही विद्यालयहरु/ पालिकाहरुले अपनाएका वैकल्पिक पद्धतिको अभ्यासबाट पाठ सिक्दै  आफ्नै परिवेशका स्रोत साधनले पुग्ने किसिमबाट वैकल्पिक विधिलाई आत्मसात गर्दै शिक्षण सिकाइ किर्याकलाप गर्नु र गराउनु अहिलेको आवश्यकता देखिन्छ।

४ पालिकाहरुले सम्भव भएसम्म सबै विद्यालयहरुका सबै शिक्षकहरुलाई कम्तिमा एक हप्ते सूचना प्रविधिमा आधारित तालिम दिई सूचना तथा प्रविधिसँग परिचित टोल फ्रि (फोन गर्दा पैसा नलाग्ने) स्मार्ट फोन उपलब्ध गराउने र कक्षा र विषय अनुसार विद्यार्थीहरुलाई फोन गर्ने समय उपलब्ध गराई शिक्षण सिकाईमा आएका समस्याहरु समाधान गर्न शिक्षकहरुले तत्पर रही सहजीकरण गर्ने।

५ अर्को विकल्पको रुपमा मोबाइल सेवा प्रदायक कम्पनिहरुसँग साझेदारी गरेर पालिकाले एकै पटक धेरै सिमकार्ड खरिद गरी प्रत्येक शिक्षकहरुलाई उपलब्ध गराउने ती सिमकार्डबाट फोन गरी शिक्षण सिकाइ किर्याकलाप सहजीकरण गर्दा लाग्ने शुल्क पालिकाले उपलब्ध गराउने

६ माहामारीका कारण गुमेका शैक्षिक सत्रहरुमा गुमेका पाठ्यवस्तुलाई पुन: प्राप्त गर्न पुन मासिक, अर्धवार्षीक र वार्षिक योजना बनाई पुन: प्राप्त गर्न पहुँच, प्राप्ति र सामर्थ्यका आधारमा वैकल्पिक विधिद्वारा थप प्रयास गर्दै जहाँको त्यहीँबाट पनि सूचना प्रविधिको प्रयोग गरी शिक्षण सिकाइ किर्याकलाप गर्नु र गराउनु अहिलेको आवश्यकता हो।

७ शिक्षक, प्रधानाध्यापक, विद्यार्थीहरु तथा अभिभावकहरुमा निरन्तर समन्वय गर्दै स्वास्थ्य तथा सुरक्षाका सावधानीमूलक सचेतना कार्यक्रम गर्नुपर्दछ।

८ दुर शिक्षा/भर्चुअल माध्यमबाट शिक्षण सिकाइ किर्याकलापलाई निरन्तर व्यवस्थापन गर्दै सिकाइ उपलब्धी तथा कार्यक्रम प्रभावकारिता बारेमा लेखमजोखा गर्नुपर्दछ।

९ नियमित समन्वय सहकार्य मार्फत विद्यालयगत शिक्षक र विद्यार्थीहरुको तथ्याङ्क अधावधिक गरी स्थानीय स्तरमा कोरोना भाइरस रोग दोस्रो लहरमा पनि पूर्व तयारी तथा प्रति कार्य योजना तयारी गरी प्रति कार्यका किर्याकलापहरु सञ्चालन गर्नु र गराउनु पर्दछ।

निष्कर्ष

कोरोना भाइरसको दोस्रो लहरको समयमा पनि विद्यार्थीहरुको उज्जवल भविष्यलाई मध्य नजर गर्दै समयलाई कसरी बढी भन्दा बढी शिक्षण सिकाइ किर्याकलापहरुमा लगाउन सकिन्छ भनी सम्बन्धमा पूर्व तयारी तथा प्रति कार्य योजना तयार गरी प्रति कार्यका किर्याकलापहरु सञ्चालन गर्दै निरन्तर सिकाइ उपलब्धी तथा कार्यक्रमको प्रभावकारिता लेखाजोखा गर्नुपर्दछ। शिक्षण सिकाइ किर्याकलापलाई कोरोना कालको दोस्रो लहरमा पनि सँग सँगै समायोजित भई वैकल्पिक विधिद्वारा सञ्चालन गरी स्वास्थ्य तथा सुरक्षाका अन्तर्गत तीन वटा मूल मन्त्र अनिवार्य मास्क लगाउने नियमित सरसफाई गर्ने सामाजिक भौतिक दूरी कायम गर्दै सरकारका निर्देशनहरु पालना गर्दै शिक्षण सिकाइ गर्नु र गराउनु हामी सबैको कर्तव्य हो।

                                  नाम: राजदेव यादव

                                  शाखा अधिकृत

              शिक्षा विकास तथा समन्वय इकाई, धनुषा।

एन.पी खबर

Related Posts

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु

जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु

सुखिपुर–७ मा कांग्रेस सम्पर्क कार्यालय उद्घाटन, सयौँको प्रवेशले सिरहा–२ मा उत्साह

सुखिपुर–७ मा कांग्रेस सम्पर्क कार्यालय उद्घाटन, सयौँको प्रवेशले सिरहा–२ मा उत्साह

सामाजिक सेवाको पृष्ठभूमिसहित चुनावी मैदानमा रामाकान्त चौधरी

सामाजिक सेवाको पृष्ठभूमिसहित चुनावी मैदानमा रामाकान्त चौधरी

मधेस–मधेसीको एजेन्डासहित जनमत पार्टीप्रति बढ्दो जनविश्वास

मधेस–मधेसीको एजेन्डासहित जनमत पार्टीप्रति बढ्दो जनविश्वास

लोकप्रीय

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

किसानलाई आत्मनिर्भर बनाउने महासंघको अभियान, नरहामा कृषि तथा पोषण मेलाले आकर्षण बढायो

किसानलाई आत्मनिर्भर बनाउने महासंघको अभियान, नरहामा कृषि तथा पोषण मेलाले आकर्षण बढायो

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास
  • जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास
  • सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा
  • किसानलाई आत्मनिर्भर बनाउने महासंघको अभियान, नरहामा कृषि तथा पोषण मेलाले आकर्षण बढायो
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?