Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, July 20, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, July 20, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

महिनावारीको बेला शारीरिक सम्बन्ध राख्नु कति सुरक्षित ?


महिनावारीको बेला शारीरिक सम्बन्ध राख्नु कति सुरक्षित ?

यदि गर्भधानको योजना छैन भने यौन सम्पर्क गर्दा सुरक्षित विधि अपनाउनुपर्ने हुन्छ । किनभने महिनावारी चक्र नियमित भएको अवस्थामा महिनावारीको १० देखि २२ दिनसम्म यौन सम्पर्क गर्दा गर्भ रहने सम्भावना उच्च हुन्छ । त्यसैले सुरक्षित महिनावारी हुनुअघि र पछिको केही दिनसम्म यौन सम्पर्क गर्न सुरक्षित मानिन्छ, कुनै साधनको प्रयोगविना पनि ।

यद्यपि महिनावारी भएको बखत यौन सम्पर्क गर्नु चाहिं हुन्छ कि हुँदैन ? यो प्रश्न खासगरी दुई अर्थमा गर्नुपर्ने हुन्छ । एउटा त यौनाङ्गको स्वच्छता र अर्को चाहिं गर्भ रहने नरहने स्थिति ।

दम्पतीमा यसबारे द्विविधा छ । तर दुवै पार्टनरलाई महिनावारीको समयमा यौन सम्पर्क गर्न इच्छा छ भने त्यसमा कुनै समस्या हुँदैन । यद्यपि महिनावारीको समयमा अन्य बेलाभन्दा यौन प्रसारित रोग लाग्ने सम्भावना अत्यधिक लाग्ने कारण अस्थायी साधनको प्रयोग भने गर्नुपर्छ ।

गर्भ रहने सम्भावना कति ?

नियमित महिनावारी हुने महिलामा त्यस समय यौन सम्बन्ध बनाउँदा गर्भ रहँदैन । तर अनियमित महिनावारी हुने र छोटो महिनावारी चक्र छ भने महिलामा गर्भ रहने जोखिम हुन्छ । जस्तै, नियमित महिनावारी हुने महिलाले धेरैपछि रक्तश्राव हुँदा महिनावारी भन्ने सोचेर त्यस समयमा  यौन सम्बन्ध राखेमा गर्भ रहन सक्छ । यौन सम्बन्ध राख्दा महिनावारी चक्र नियमित छ छैन भन्ने कुरामा निश्चित हुनुपर्छ ।

त्यस्तै, जुन महिलाको महिनावारी चक्र छोटो अवधि अर्थात् २८ दिनको छ भने सात दिनमा पनि डिम्बाशय बन्न सक्छ । जसले गर्दा महिनावारीको चार-पाँच दिनमा यौन सम्बन्ध राखे पनि गर्भ रहन सक्छ । यदि ३० दिनमा महिनावारी हुने गरेको छ भने डिम्बाशय ढिला बन्छ, जसकारण महिनावारी भएको ६-७ दिनमा सम्बन्ध कायम राखे पनि गर्भ रहने सम्भावना कम हुन्छ ।

यदि महिनावारीको समयमा पनि नियमित गर्भ निरोधक औषधि जारी राखिएको छ भने पनि गर्भवती हुने सम्भावना हुँदैन । महिनावारी होस् वा नहोस् चक्कीले काम गर्न छाड्दैन । महिनावारी भएको अवस्थामा यौन सम्बन्ध बनाउनु परे कण्डम वा गर्भनिरोधक चक्कीको प्रयोग गर्नु सुरक्षित हुन्छ ।

संक्रमणको जोखिम हुन्छ ?

महिनावारीको समयमा यौन सम्बन्ध कायम राखेमा यौन प्रसारित संक्रमण हुने जोखिम बढी हुन्छ । किनभने भाइरसहरू रगतमा बस्छन् र रगतको सम्पर्कबाट यौन रोग फैलिन सक्छ । यौन सम्पर्क गर्दा कण्डमको प्रयोगले यौन प्रसारित रोग फैलिने जोखिम कम गर्न सकिन्छ ।

महिनावारीको समयमा महिलाको शरीरमा धेरै परिवर्तन हुन्छन् । त्यसक्रममा सम्बन्ध स्थापित भएमा ल्युब्रिकेसनको आवश्यक नपर्ने विभिन्न अध्ययनले देखाएको छ । साथै यो अवधिमा सम्बन्ध स्थापित गर्नाले केही महिलालाई हुने महिनावारीको प्रभाव माइग्रेन र टाउको दुख्ने समस्या कम हुन्छन् ।

ध्यान दिनुपर्ने कुरा

सबैभन्दा बढी महिलालाई कुनै रोग वा संक्रमण छ र यौन सम्पर्क गर्दा पीडा हुन्छ भने सकेसम्म सम्बन्ध नराखेको नै राम्रो हुन्छ । पेट दुखिरहेको वा शारीरिक रुपमा कमजोर भएको अवस्थामा सम्बन्ध नबनाउँदा थप समस्या निम्तिन सक्छ । यदि यौन सम्पर्कको लागि महिला तयार छिन् र पुरुष पनि सावधानी अपनाउन तयार छन् भने यौन सम्पर्क राख्न सकिन्छ । सम्बन्ध बनाउनुअघि आफ्नो पार्टनरको पनि इच्छा छ भने मात्र सम्बन्ध बनाउनु पर्छ । रक्तस्राव भइरहेको छ भने सफा गरेर मात्र सम्बन्ध राख्नुपर्छ । यौन सम्पर्क गर्नुअघि र पछि आफ्नो गुप्ताङ्ग राम्ररी धुनुपर्छ । यदि महिनावारीको समयमा महिलाले ट्याम्पोन लगाएकी छिन् भने निकाल्नुपर्छ ।

(कन्सल्टटेन्ट गाइनोकोलोजिस्ट डा. झा नर्भिक अस्पताल र स्टार अस्पतालमा कार्यरत छिन् । उनले गाइनोकोलोजीमा एमबीबीएस र एमडी गरेकी छन् । झासँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

एन.पी खबर

Related Posts

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

सिरहामा विशेषज्ञ दन्त सेवा सुरु, ‘बी एण्ड बी डेन्टल’मा उपचार थालियो

सिरहामा विशेषज्ञ दन्त सेवा सुरु, ‘बी एण्ड बी डेन्टल’मा उपचार थालियो

लघुवित्त पीडितको आक्रोश : ‘अब ठगहरूलाई ठेगान लगाएरै छाड्छौं’

लघुवित्त पीडितको आक्रोश : ‘अब ठगहरूलाई ठेगान लगाएरै छाड्छौं’

स्वस्थ जीवनशैलीको प्रवर्द्धन: सिरहामा तीनदिने योग शिविर सम्पन्न

स्वस्थ जीवनशैलीको प्रवर्द्धन: सिरहामा तीनदिने योग शिविर सम्पन्न

लहानमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर, गंगालालकै स्तरको अस्पताल बनाउने योजना

लहानमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर, गंगालालकै स्तरको अस्पताल बनाउने योजना

मानसिक स्वास्थ्यका लागि तीन दिने मनोविमर्श तालिम सम्पन्न

मानसिक स्वास्थ्यका लागि तीन दिने मनोविमर्श तालिम सम्पन्न

लोकप्रीय

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण

विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’
  • पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह
  • विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण
  • सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?