महेश सिंह लहान सिरहा – मिर्चैया–५ को कटारी चौकस्थित अल्फा टेक्नोलोजी हिरो सोरुमले आधुनिक मोडेलका मोटरसाइकल तथा स्कुटरमा विशेष अफर, छुट र फाइनान्स सुविधासहित एक्सचेन्ज मेला सञ्चालनमा ल्याएको छ। मेला मंसिर २३ देखि २९ गतेसम्म NMB बैंकको दक्षिणपट्टि चल्ने सोरुमले जनाएको छ।
सोरुमका प्रोप्राइटर श्रावण कुमार साहका अनुसार पुरानो मोटरसाइकल/स्कुटर साटेर नयाँ हिरो बाइक विशेष मूल्यमा लैजान सकिने छ। “हिरो कम्पनीका बाइकमाथि उपभोक्ताको आकर्षण बढ्दै गएको छ, त्यसैले ग्राहकलाई थप सुविधा दिन मेला आयोजना गरिएको हो,” साहले भने।
मेलामा हिरो कम्पनीका सबै मोडेल र सबै CC का मोटरसाइकल तथा स्कुटर उपलब्ध छन्। एक्सचेन्ज मूल्याङ्कन, टेस्ट–राइड, त्वरित फाइनान्स र सहुलियतपूर्ण छुटका कारण मेलामा ग्राहकको खासै भीड लागेको सोरुमले जनाएको छ। सोरुमले ग्राहकहरूलाई मेलामा सहभागी भई आफ्नो पुरानो गाडी साटेर नयाँ हिरो बाइक लैजान विशेष आग्रह गरेको छ।







