महेश सिंह लहान सिरहा- ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर नेपाल मानवअधिकार संगठन, जिल्ला कार्यसमिति सिरहाले रा.उ. प्रादेशिक अस्पताल लहानमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको छ।
मानव अधिकारप्रतिको सरोकार र मानव सेवाको भावनालाई सुदृढ गर्ने मुख्य उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो।
फलफूल वितरण कार्यक्रममा संगठनका केन्द्रीय कार्यसमिति सम्पादक राजकुमार राउतज्यू, मधेश प्रदेश प्रमुख तथा सिरहा जिल्ला सभापति बिमल ठाकुरज्यू लगायत अन्य सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो।
सहभागीहरूका अनुसार, मानवताको सेवामा गरिएको यस्तो सानो र सकारात्मक पहलले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
संगठनले आगामी दिनहरूमा पनि मानवअधिकार प्रवर्द्धन तथा मानवीय सेवासम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।








