महेश सिंह लहान सिरहा-श्री जनकल्याण माध्यमिक विद्यालय, गौरिपुरका निमावि तहका शिक्षक भोलानाथ झा द्वितीय श्रेणीमा बढुवा हुनुभएको छ। विद्यालय परिवार र व्यक्तिगत तर्फबाट प्रधानाध्यापक मोहन महतोले झालाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।
शिक्षक झालाई बधाई दिँदै विद्यालयका प्रधानाध्यापक मोहन महतोले एक विज्ञप्ति जारी गर्नुभएको छ। उहाँले बढुवा भई प्राप्त भएको नयाँ श्रेणीको मर्यादा अक्षुण्ण राख्न थप क्रियाशीलता कायम राख्दै कर्तव्यपरायण हुन शुभेच्छा व्यक्त गर्नुभएको छ।
शिक्षक झाको लगनशीलता र मेहनतले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा थप टेवा पुग्ने विश्वास विद्यालय परिवारले लिएको छ। श्री जनकल्याण मा.वि. परिवार (अर्नामा, ४, सिरहा) ले भोलानाथ झाको आगामी शैक्षिक यात्रा सफल र कीर्तिमानी बनोस् भन्दै हार्दिक शुभकामना व्यक्त गरेको छ।








