Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, September 28, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, September 28, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

गोलबजारमा प्रथम नगर स्तरीय विद्यालय फुटबल प्रतियोगिता सुरु, १४ टिमको सहभागिता

गोलबजारमा प्रथम नगर स्तरीय विद्यालय फुटबल प्रतियोगिता सुरु, १४ टिमको सहभागिता

महेश सिंह लहान सिराहा –गोलबजार स्पोर्ट्स क्लबको आयोजना तथा गोलबजार नगरपालिकाको मुख्य सहयोगमा ‘प्रथम गोलबजार नगर स्तरीय विद्यालय फुटबल प्रतियोगिता–२०८२’ आज औपचारिक रूपमा सुरु भएको छ। उद्घाटन समारोहका प्रमुख अतिथि गोलबजार नगरपालिका नगर प्रमुख श्याम कुमार श्रेष्ठले प्रतियोगिताको शुभारम्भ गर्दै विद्यालय–स्तरमै फुटबल प्रतिभा पहिचान र विकासमा यो प्रतियोगिता महत्वपूर्ण मञ्च हुने बताएका हुन्।

मेयर श्रेष्ठले विद्यालयभित्र ओझेलमा रहेका खेल प्रतिभालाई उजागर गर्दै “गोलबजारका युवाहरूलाई पेशागत खेलकुदतर्फ उन्मुख गराउन यस्ता कार्यक्रम आधार साबित हुने” धारणा राखे।

उद्घाटन समारोहमा प्याब्सनका केन्द्रीय सचिव बिष्णु न्यौपानेले आगामी दिनहरूमा खेलकुद विकासका कार्यक्रमहरूमा गोलबजार स्पोर्ट्स क्लबसँग सहकार्य गर्दै लैजाने जानकारी दिए।

त्यसैगरी, मधेस खेलकुद परिषद्का सदस्य निशेष कुमार श्रेष्ठ, जनता नमुना माविका अध्यक्ष रामकुमार महतो, बाल विकास आवासीय विद्यालयका प्रतिनिधि जीवन यादव, र नेचुरल एकेडेमीका प्रिन्सिपल रामकुमार यादवले खेलकुदले विद्यार्थीको अनुशासन, नेतृत्व क्षमता र शारीरिक विकासमा ठूलो योगदान दिने बताएका छन्।
कार्यक्रममा गोलबजार नगरप्रवक्ता तथा वडा नं. ६ का अध्यक्ष सञ्जित लामाको विशेष उपस्थिति थियो।

पहिलो खेलमा श्री शारदा स्कुल गोलबजार–४ ले श्री जनता प्राविधिक मावि गोलबजार–४ लाई ०–१ गोलअन्तरले पराजित गर्दै जित हात पारेको छ। सो खेलका म्यान अफ द म्याच क्याप्टेन अभिदय जर्घा मगर घोषित भए।

दोस्रो खेलमा श्री शुभश्री स्कुल गोलबजार–६ र श्री बुढानिलकण्ठ बोर्डिङ स्कुल गोलबजार–४ बिचको प्रतिस्पर्धा निर्धारित समयसम्म ०–० को बराबरीमा टुंगिएको थियो। खेलको नतिजा ट्राइब्रेकरबाट लिँदा शुभश्री स्कुले ८–७ गोलअन्तरले जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ।दोस्रो खेलमा युवल मगर म्यान अफ द म्याच घोषित भए।

प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरी १४ विद्यालय टोलीहरू सहभागी छन्।
उद्घाटन समारोह क्लबका अध्यक्ष रन्जित लामाको अध्यक्षता, खेलकर्मी कसम लामाको सञ्चालन तथा क्लबका सचिव नरेश लामाको स्वागत मन्तव्यसँग सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी विद्यालयहरूको उत्साहपूर्ण उपस्थिति थियो। साथै, हिमालयन पब्लिक स्कुल (गोलबजार–६) र नेचुरल एकेडेमी (गोलबजार–४) ले प्रस्तुत गरेको सांस्कृतिक नृत्यले वातावरणलाई झन् आकर्षक बनाएको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला

बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला

एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता

एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता

रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 

रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 

भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न

भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

लोकप्रीय

युवा सहभागिता र नयाँ सोचसहित लहान कांग्रेस सभापतिमा उमेश चौधरीको दाबी

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • युवा सहभागिता र नयाँ सोचसहित लहान कांग्रेस सभापतिमा उमेश चौधरीको दाबी
  • बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला
  • एनएमबी बैंकद्वारा लहान मनोकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता
  • रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?