महेश सिंह लहान सिरहा- नेपाल शिक्षक संघ सिरहाले शैक्षिक अन्तरक्रिया तथा आफ्नो विस्तारित बैठक शनिबार सम्पन्न गरेको छ। संघका अध्यक्ष करुण यादवको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा नेपाल शिक्षक संघ मधेस प्रदेश कार्यसमितिका अध्यक्ष परशुराम यादव प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
बैठकमा मधेस प्रदेश कार्यसमितिका उपाध्यक्ष मोहनलाल कुर्मी, महिला उपाध्यक्ष सुधा चौधरी तथा महासचिव विजय झाको विशिष्ट उपस्थिति रहेको थियो। कार्यक्रममा वर्तमान शैक्षिक अवस्था, शिक्षकका समस्या, शिक्षा सुधारका उपाय तथा संघको भावी कार्यदिशाबारे विस्तृत अन्तरक्रिया गरिएको थियो।
अन्तरक्रियासँगै बैठकले संगठन सुदृढीकरण, शैक्षिक हकहित संरक्षण तथा आगामी कार्यक्रमसम्बन्धी महत्वपूर्ण निर्णयहरू समेत पारित गरेको अध्यक्ष करुण यादवले जानकारी दिनुभयो।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल शिक्षक संघ मधेस प्रदेश कार्यसमितिको तर्फबाट नेपाल शिक्षक संघ सिराहालाई हार्दिक धन्यवाद व्यक्त गरिएको छ।







