Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, November 25, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, November 25, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

जनताका समस्या बुझ्न कांग्रेस लहानको ‘हामी आउँदैछौँ अभियान’, अस्पतालदेखि हथिदहसम्म अनुगमन

जनताका समस्या बुझ्न कांग्रेस लहानको ‘हामी आउँदैछौँ अभियान’, अस्पतालदेखि हथिदहसम्म अनुगमन

महेश सिंह / लहान, सिरहा। जनतासँग प्रत्यक्ष संवाद स्थापित गर्दै स्थानीय समस्या, सार्वजनिक संस्थाको अवस्था र पार्टी संगठनको गतिविधिबारे जानकारी लिने उद्देश्यले नेपाली कांग्रेस लहान नगर कार्यसमितिले ‘हामी आउँदैछौँ अभियान’ अन्तर्गत भेटघाट, छलफल तथा अनुगमन कार्यक्रम सञ्चालन गरेको छ।

नेपाली कांग्रेस लहान नगर सभापति उमेश चौधरीको नेतृत्वमा नगरका नेता तथा कार्यकर्ताहरूले लहान–१५ स्थित हथिदहमा स्थानीयसँग भेटघाट तथा छलफल गरेका छन्। कार्यक्रममा पार्टी संगठनको विस्तार, सुदृढीकरण, आपसी समन्वय, एकता र आगामी कार्ययोजनाबारे विचार आदानप्रदान गरिएको थियो।

कार्यक्रममा नगर सचिव शैलेन्द्र कुमार साह, नगर कोषाध्यक्ष भरत यादव, सिरहा क्षेत्र नं. १ का प्रदेश उपसभापति रामकुमार चौधरी, लहान–१५ का वडा अध्यक्ष तेजनारायण चौधरी, बूथ सभापति बलिराम चौधरीलगायत नेता तथा कार्यकर्ताहरू सहभागी थिए।

अभियानलाई संगठनात्मक गतिविधिमा मात्र सीमित नराखी स्थानीय सरोकार र सार्वजनिक सेवा प्रवाहको अवस्थासमेत बुझ्ने उद्देश्यले कांग्रेसको टोलीले लहान–३ स्थित रामकुमार उमाप्रसाद स्मारक (राउ स्मारक) प्रादेशिक अस्पतालको अनुगमन गरेको छ। अस्पतालमा स्वास्थ्यकर्मीसँग भेटघाट गरी सेवा प्रवाह, व्यवस्थापन र अस्पतालको वर्तमान अवस्थाबारे जानकारी लिइएको थियो।

अस्पतालमा डा. शैलेन्द्र कुमार चौधरीलगायत स्वास्थ्यकर्मीसँग भएको छलफलमा स्वास्थ्य सेवासँग सम्बन्धित विषयमा जानकारी आदानप्रदान गरिएको जनाइएको छ। सार्वजनिक स्वास्थ्य संस्थाको अवस्था बुझ्दै सरोकारवालासँग संवाद गर्ने अभियानको उद्देश्यअनुसार अस्पतालको सेवा व्यवस्थापनबारे पनि छलफल गरिएको थियो।

यसै क्रममा अस्पताल परिसरमा रहेको नेपाल रेडक्रस सोसाइटी लहानका प्रमुख प्रदीप यादवसँग रक्तसञ्चार सेवाबारे छलफल गरिएको थियो। यादवले रगतको अभाव हुने अवस्था रहे पनि रेडक्रसको निरन्तर प्रयासबाट बिरामीलाई रक्तसञ्चार सेवा उपलब्ध गराउन सक्दो पहल भइरहेको जानकारी गराएका थिए।

नेपाली कांग्रेस लहान नगर कार्यसमितिका नगर सचिव शैलेन्द्र कुमार साहका अनुसार अभियानमार्फत स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद, पार्टी संगठनको अवस्था बुझ्ने, जनताका समस्या पहिचान गर्ने र स्थानीय तहमा समन्वयात्मक भूमिका निर्वाह गर्ने लक्ष्य राखिएको छ।

नगरभित्रका सार्वजनिक संस्था, स्थानीय सरोकार र जनताका आवश्यकताबारे जानकारी लिँदै आगामी दिनमा जनतासँग जोडिएर काम गर्ने प्रतिबद्धतासहित अभियानलाई निरन्तरता दिने कांग्रेस लहान नगर कार्यसमितिले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

शान्तिनगर बजार विकास समितिद्वारा वार्षिकोत्सव तथा कार्तिक पूर्णिमा मेला आयोजना

पाँच पालिकामा रुद्रगणको बृहत् रक्तदान, २५७ पोका रगत संकलित

पाँच पालिकामा रुद्रगणको बृहत् रक्तदान, २५७ पोका रगत संकलित

मेलानको पाँचौँ राष्ट्रिय सम्मेलनबाट विजय यादव केन्द्रीय सदस्यमा निर्वाचित

मेलानको पाँचौँ राष्ट्रिय सम्मेलनबाट विजय यादव केन्द्रीय सदस्यमा निर्वाचित

सखुवानन्कारकट्टीमा चियापान तथा भेटघाट कार्यक्रम, युवा नेतृत्वलाई अवसर दिनुपर्नेमा जोड

सखुवानन्कारकट्टीमा चियापान तथा भेटघाट कार्यक्रम, युवा नेतृत्वलाई अवसर दिनुपर्नेमा जोड

जनताको विश्वास जित्ने रणनीतिमा कांग्रेस, वडा नं. २२ मा चुनावी तयारीबारे छलफल

जनताको विश्वास जित्ने रणनीतिमा कांग्रेस, वडा नं. २२ मा चुनावी तयारीबारे छलफल

लोकप्रीय

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • जनताका समस्या बुझ्न कांग्रेस लहानको ‘हामी आउँदैछौँ अभियान’, अस्पतालदेखि हथिदहसम्म अनुगमन
  • शान्तिनगर बजार विकास समितिद्वारा वार्षिकोत्सव तथा कार्तिक पूर्णिमा मेला आयोजना
  • शान्तिनगर बजार विकास समितिद्वारा वार्षिकोत्सव तथा कार्तिक पूर्णिमा मेला आयोजना
  • पाँच पालिकामा रुद्रगणको बृहत् रक्तदान, २५७ पोका रगत संकलित
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?