Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, September 9, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, September 9, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

जनवरी-१ ‘ईच्छाबिदा, अण्डा भात र खरानी धुलोको पिकनिक’

जनवरी-१ ‘ईच्छाबिदा, अण्डा भात र खरानी धुलोको पिकनिक’

राजिव झा-

कुरा २०६० साल तिरको हो, त्यती बेला म कक्षा ७ मा पढ्थें। परिवेश तराई मधेशको हालको प्रदेश नम्बर २ को धनुषा जिल्लाको लक्ष्मिनीयाँ  गाउँपालिका ७ को कुम्हरौडा गाँउ को हो।
जनवरी १ नेपाली क्यालेण्डरको पौष महिनामा पर्नेगर्छ। तराईको पौषको जाडो सम्झियो कि कान बाँधेको छु कि छैन भनेर कान माथि हात जान्छ। बिहान जाडो साथै कुहिरो यस्तो कि नजिकको दुई तिन घर बाहेक केही नदेखिने। भिजिवलिटी एक न्यून । तराईको शितलहरी नामै काफी छ। आकाशबाट थोपै थोपा पानी परेझैं। हाम्रो त्यती बेलाको बुझाई, हिमालमा यस्तै हिउँ पर्दो हो। तराईको गर्मीले हिउँ पग्लेर पानी भएको हो। पानीमा अत्यन्तै चिसोपना। एक् थोपाले जिउँ काम्ने जस्तो। अहिले सोँच्छु कस्तो कस्तो मिथ्या परिकल्पनाको उमेर हुदो हो बाल्यकाल। जे होस सोचेर ओठमा मुस्कान आउँदो हो।

यस्तो तराईको शितलहर जाडोको प्रवाह नगरी हामी महिनौं पहिलेदेखि जनवरी १ मा पिकनिक जाने प्लान गर्थ्यौं। पिकनिक स्थल आफ्नै गाउँको खेत तिर हुन्थ्यो। हाम्रो पिकनिक समूहमा हुन्थ्यो। हाम्रै उमेर समूहका (१-२ वर्ष तलमाथी) का साथीहरु। कमलेश, शिव, स्वदेश, सुजित, बिजय, मनोहर, संतोष, लक्षमी, अर्को सुजित, चिन्तन, रोशन र २-३ जना हामी भन्दा सानो तर सँगै क्रिकेट खेल्ने भाईहरु। हामी क्यालेण्डर हेर्थ्यौं। जनवरी १ सन् २०२२ झैं शनिवार परेको छ भने नो टेन्सन। यदी स्कुल लाग्ने दिन परेको छ भने पनि नो टेन्सन, हामी ईच्छाबिदा गर्थ्यौं। जनवरी डे नो स्कुल डे।

जनवरी १ को दिन आयो।  शनिवार भने थिएन। हाम्रो ईच्छाबिदाको दिन जो पर्यो, नो स्कुल। खासमा भन्दा राती राम्रो निन्द्रा पनि न आउँने  बिहान कति बेला होला कि पिकनिक जाउला। बिहान भयो। अहिले जस्तो सुतेर उठन साथ फेसबुक मेसेन्जर मा हेप्पी न्यू ईयरको नोटिफिकेशन आउदैन्थो। हामी संग मोबाईल समेत थिएन। हामी सबै जना आफ्नो अड्डा क्रिकेट ग्राउण्डमा भेट्थ्यौं। त्यहीँ शुभकामना आदान प्रदान हुन्थ्यो । पिकनिक के को गर्ने? यसपाली हामी अण्डाको पिकनिक गर्ने तय गर्यौं। किनकी अण्डा पकाउन सजिलो। फेरी खाना पकाउन हामी कसैलाई पनि नआउने। त्यती बेला हामी कुखुराको मासु अण्डा खान्नथ्यौं । अनि हाँसको अण्डाको पिकनिक फाईनल भयो। पिकनिक स्थल दुर्गा टोल तिर पर्ने पठेरवा भन्ने चौरी (खेतै खेत भएको ठुलो चौर) फिक्स भयो।

हामी ३०-३० रुपैँया गरी उठायौं। अण्डा र चिउरा किन्ने पैसा मात्रै भाग लगायौं। तेल, नुन, मसाला, आलु, टमाटर, चामल मिलाएर आआफ्नो घरबाट जम्मा गर्यौं। पकाउने भाँडो (कराही, ताबा, डेक्ची, डाडु, पनियूँ, चक्कु) आफ्नै घरबाट। साईकलमा २ जना अण्डा र चिउरा लिन बजार गयो। हामी समानहरु बोकेर खेतको आलीको बाटो पिकनिक स्थलमा पुग्य़ौं। उनीहरु पनि दुई जना आईपुग्यो। पिकनिक स्थल डिल जस्तो थियो। चुलो बनाउने कुरा आयो। हामीले चुलो खन्ने कोदालो त बिर्सेका रहेछौं। फेरी २ जना कोदालो लिन घर तिर कुदयो। अनि ४-५ जना दाउराको खोजिमा गयौं र २-३ जना पानीको लागि साईडमै रहेको अटोमेटिक बोर्डिङमा गयौं। बोर्डिङ बन्द गरेको रहेछ। खेतीको अनुकुलता अनुसार कृषकहरुले खोल्ने र बन्द गर्ने गर्दो रहेछ।

हामी खोलेर पानी भर्यौं। फेरी बन्द गरिदियौं। अलि पानी एकजनाको खेतमा पसेको थियो। उहाँ  पिकनिकको समयमै आउनु भयो। शुरुमा कराउनु भयो। हामी डरायौं। पछि आफ्नै नातीहरु पो रहेछन् भन्दै शान्त हुनु भयो। दाउरा पनि जम्मा भयो। कोदालो नि आयो। पानी पनि भरियो। हामी चुलो खन्यौं। चुल्होमा ३ वटा ईटा तिन तिरबाट राख्यौं। कराही अडकाउन। बाँस (बम्बो) को पातमा आगो बाल्न सजिलो हुन्छ। अनि हामी खाजामा १-१ वटा अण्डाको अमलेट  र चिउँरा फ्राई बनायो। अमलेट बनाउने बेला अलि अलि डढेको डरले चिउरा पनि डढ्छ भन्ने डरले अलि काँचो नै फ्राई भएको रहेछ। डढेको अमलेट र काचो फाईड चिउराको टेष्ट गज्जबको थियो। त्यो टेष्ट अहिले एक से एक होटल र रेष्टुरेन्टहरु मा खाएकोमा पनि फिल आउदैन।

खाजा पछि खानाको पालो। खानामा पनि अण्डा तर परिकार फरक । खानामा भात र अण्डा करी। अण्डा र आलु उसिन्यौं। प्याज टमाटर काट्यौं। अण्डा करी तैयार भयो। सबै जनाको घरको फरक फरक चामललाई एकै ठाउँमा राख्यौं। डेक्चीमा भात बसाल्यौं। भात पाक्यो तर गिलो। कतै कतै मकैको ढिँडो जस्तो। जुन फरक फरक चामललाई एकै ठाउमा मिसाएर पकाउदा हुने स्वभाबिक नै थियो। हामी खाना पस्किन शुरु गर्यौं। खानामा २-२ बटा अण्डा फिक्स थियो भने झोल र भात आफ्नो डोज अनुसारको थियो। खाना खान बस्यौं।

हावा चलिरहेको कारणले चुलोको गोलाकार भएर बसेका थियौं। न्यानो हुन्छ भनेर। एकजान बाजे आउनु भयो। भन्नुभयो यो आगो निभाएर जानु नत्र हावा चलिरहेको छ आगो लाग्न सक्छ। यो सुन्न साथ एक जनाले आगोमा पानी हालिदियो। चुलोमा भएको खरानी जती उडेर हाम्रो थाल तिर आकास्मिक अवतरण गर्ने थाल्यो। हामीले त्यस्को रेसिक्यू हातले, कानमा लगाएको टोपी, मफलरले थाल छोपेर गर्न खोज्यौं। तर केही मात्रामा मात्र सफल भयौं। हाम्रो खाना २-२ बटा अण्डा, ढिढो जस्तो गिलो भातमा एउटा परिकार थपियो। चाटमसाला जस्तो खरानीको धुलो। हामी टन्नै खाय़ौं। फेरी बोर्डिङ खोलेर भाडा मस्कायौं। सबै समान बोक्यौं। बाटोमा हामी सबै एक अर्कालाई जिस्काउँदै ठट्टा गर्दै घर फर्कयौं।

हेप्पी न्यू ईयर, २०२२, डियर फ्रेन्डस!!!

 राजिव झा–

लक्ष्मिनीयाँ गा.पा.-७ कुम्हरौंडा, धनुषा

एन.पी खबर

Related Posts

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल

विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल

नवराजपुरमा समाजसेवी जयकृष्ण यादवद्वारा १३० घरधुरीलाई झुल वितरण

नवराजपुरमा समाजसेवी जयकृष्ण यादवद्वारा १३० घरधुरीलाई झुल वितरण

रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु

रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु

जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु

जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु

विश्वास र कार्ययोजनामा केन्द्रित रामस्वरुप चौधरीको अभियान

विश्वास र कार्ययोजनामा केन्द्रित रामस्वरुप चौधरीको अभियान

लोकप्रीय

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान

रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान

संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव

संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव

विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल

विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण
  • रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान
  • संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव
  • विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?