Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, July 27, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, July 27, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

जाडोयामका लागि उपयुक्त योग


जाडोयामका लागि उपयुक्त योग

काठमाडौं । करिब दुई शताब्दी पहिलेसम्म अधिकांश शारीरिक समस्याको उपचार प्राकृतिक विधिबाट गरिन्थ्यो । कुनै पनि स्वास्थ्य समस्या समाधानको लागि औषधि खाने मात्रै नभएर त्योसँग जोडिएका अरु विषयको पनि खोजी गर्ने गरिन्थ्यो ।

दुई शताब्दीको वैज्ञानिक खोजले स्वास्थ्यमा आउने समस्या कीटाणुको कारणले निम्तिन्छ भन्ने तथ्य बाहिर आयो । तर अहिलेका नयाँ वैज्ञानिक अध्ययनहरुले सबै रोग कीटाणुको कारणले मात्रै नभएर हाम्रो मानसिक अवस्थाले शारीरिक समस्यामा भूमिका खेल्छ भन्ने तथ्य स्थापित गरेको छ । ती अध्ययनहरुको सार ‘तनाव नै सबै रोगको मूल कारण’ भन्ने हो, जुन कुरालाई ५ हजार वर्षपहिले नै आयुर्वेदले सप्रमाण प्रस्तुत गरिसकेको थियो ।

पछिल्लो समयमा शारीरिक र मानसिक समस्या धेरैमा देखिने गरेको छ । मनको कारणले शरीरमा देखिने समस्यालाई हामी साइकोसोमेटिक डिजिज वा डिसअर्डर भन्छौं । तनावको कारणले पनि रोग लाग्ने गर्छ । अर्थात् सानोसानो कुरामा पनि तनाव लिइरहने व्यक्तिमा बारम्बार शारीरिक समस्या देखिने गर्छ । शारीरिक र मानसिक स्वास्थ्य समस्याको एउटै समाधानको उपाय के त ? यो योग नै यस्तो निर्विकल्प विधि हो जसले शारीरिक र मानसिक उपचार एकैपटक गर्दछ । यही कुरा जनाउनका लागि योगमा एउटा श्लोक छ :

दुर्जनः सज्जनो भूयात् सज्जनः शान्तिमाप्नुयात् ।

शान्तो मुच्येत बन्धेभ्यो मुक्तश्चान्यान् विमोचयेत् ।।

अर्थात्, योगकै माध्यमबाट दुर्जनहरु सज्जन बन्छन्, सज्जनले शान्ति प्राप्त गर्छन्, शान्त व्यक्ति बन्धनबाट मुक्त हुन्छ भने मुक्त मान्छेले अन्य सांसारिक मोहबाट मुक्ति (मोक्ष) प्राप्त गर्छ । त्यसैले शारीरिक तथा मानसिक दुवै समस्याबाट मुक्ति पाउनको लागि योग नै निर्विकल्प विधि हो ।

बिदुर फुयाँल, योग गुरु

जाडोमा योगको महत्व

जाडोयाममा मानिसमा चिसोको इन्फेक्सन, दम, खोकी, पिनास जस्ता समस्या देखा पर्दछन् । यस्ता समस्या हटाउन योग पनि एउटा सजिलो विधि हो । उपनिषद्मा भनिएको छ, ‘शरीरमाध्यमम् खलु धर्मशाधनम्’ अर्थात् ‘शरीर नै सबै धर्म (कर्तव्य) पूरा गर्ने साधन वा माध्यम हो ।’ त्यसैले चिसोमा रोग प्रतिरोधात्मक क्षमता कम भएका र दीर्घ रोगबाट ग्रसित व्यक्तिमा बढी स्वास्थ्य समस्या देखिन्छ । यसले अवश्य पनि हाम्रो दैनिक जीवनलाई प्रभावित बनाएको हुन्छ । तर नियमित केही आसन र प्राणायाम गर्ने हो भने यस्ता समस्या समाधान गर्न सकिन्छ ।

योगका आठवटा अंग भएपनि मुख्य तीनवटाको विश्लेषण गरौं- आसन, प्राणायाम र ध्यान । त्यसमध्ये यी तीनै अंग जाडोयाममा निम्तिने स्वास्थ्य समस्या समाधानको लागि उपयुक्त मानिन्छ ।

चिसो मौसमका लागि केही आसनहरु छन्, जुन हामीले नियमित प्रयोग गर्नसक्छौं । अहिले धेरै मानिसमा १५-१८ वर्षमै ढाड दुख्ने समस्या देखा पर्ने गरेको छ । अहिले धेरैको जीवनशैली र खानपान व्यवस्थित छैन । कतिपय धेरै मोटरसाइकल चलाउनेहरुमा पनि यस्तो समस्या देखिन्छ । लामो समय अफिसमा बसेर काम गर्नेलाई पनि ढाड सम्बन्धी समस्या देखिने गर्छ । यस्तो समस्या हुने मान्छेले २० मिनेटदेखि बढीमा एक घण्टासम्म समय निकालेर थोरै वार्मअप गरी शरीर तताउनुपर्छ । शरीर तातिसकेपछि ढाड कम्मर दुख्ने समस्या भएकाहरुले सामान्य आसनबाट योग शुरु गर्न सकिन्छ ।

धेरैले युट्युब हेरेर योग गर्ने गर्नुहुन्छ । यस्तो गल्ती कहिलै पनि गर्नुहुन्न । किनभने युट्युब हेरेर योग गर्दा तपाईंले गल्ती गरेको ठाउँ बताइदिने कोही हुँदैनन् । योगमा जहिलेपनि सिम्पल टु कम्प्लेक्स हुनुपर्छ । ‘जाने योग, नजाने रोग’ भन्ने चलन छ । त्यसैले एक्कासी गाह्रो योग गर्दा यसले समस्या निम्त्याउन सक्छ ।

जाडो मौसममा उठेर गर्ने योगासन

आसनले शरीरको रोग नियन्त्रण गर्न सहयोग गर्छ । प्राणायामले मनको समस्या समाधानमा सहयोग गर्छ । जस्तो हामीले लिने सासको गति मिल्नेबित्तिकै तनाव कम हुन्छ । हामी आत्तिएको बेलामा सास छिटोछिटो फेर्छौं, लामो सास फेरेपछि हामी शान्त हुन्छौं । जाडो मौसममा केही आसन विशेष छन् । जसले विभिन्न स्वास्थ्य समस्याबाट बचाउन सहयोग गर्छ ।

-ताडासन

-वृक्षासन

-कटिचक्रासन

-हस्त उत्थानासन

-त्रिकोणासन

-सिंहासन

-परिघासन

-गोमुखासन

-उष्ट्रासन

-भुजंगासन

यसबाहेक अगाडि झुकेर गर्ने आसनहरु पनि छन् । यी आसन नियमित गर्दा सेल बढ्दै जान्छ र यसले शरीरलाई लचिलो बनाउँछ, यसो हुँदा जति निहुरिँदा पनि दुख्दैन ।

जाडोमा हातखुट्टा बढी चिसो हुने तथा रक्तचाप कम भएका मानिसले अग्निसार, कपालभाँती, भस्त्रिका र अनुलोमविलोम गर्न सकिन्छ । पिनास र माइग्रेनको समस्या देखिएमा भ्रामरीको प्राणायाम र ओम शब्दको उच्चाहरणसहित ५ मिनेट ध्यान गर्न सकिन्छ । यो जाडोयाम र अरु समयमा पनि सहजै गर्नसक्ने विधि हो । यो प्राणायाम र ध्यान जुनसुकै समयमा पनि गर्न सकिन्छ । यो सामान्यतया खाली पेटमा र लुज कपडा लगाएर गर्नु उचित हुन्छ । जुनसुकै आसन र प्राणायाम गर्दा पनि बाहिरको फ्रेस हावामा खाना खाएको ५ घण्टापछि गर्न सकिन्छ  ।

त्यसो त यस्तो समस्या दैनिक जीवनमा देखिने व्यावहारिक समस्या समाधानमा पनि प्रयोग गरिन्छ । जस्तो, चाँडो रिसाउने मान्छेहरुले नियमित रुपमा अनुलोमबिलोम, भ्रामरी र ओमको उच्चारण गर्ने गरिन्छ । ढाड दुख्ने जस्ता समस्या भएका मानिसमा ताडासन, मर्करासन, भुजंगासन जस्ता आसनको प्रयोग गरिन्छ भने कन्स्ट्रिबेसन भएका मान्छेले कपालभाँती र अनुलोमविलोम गर्न सक्छन् ।

एन.पी खबर

Related Posts

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

स्थानीयस्तरमै वन संरक्षणको अभियान

स्थानीयस्तरमै वन संरक्षणको अभियान

समुदायमा सकारात्मक परिवर्तन ल्याउन संरक्षण अभियानताहरुको नेतृत्व अभिमुखीकरण

समुदायमा सकारात्मक परिवर्तन ल्याउन संरक्षण अभियानताहरुको नेतृत्व अभिमुखीकरण

संवादमार्फत दिगो शान्तिको खोजी : मधेशका २७ प्रतिनिधि एकै थलोमा

संवादमार्फत दिगो शान्तिको खोजी : मधेशका २७ प्रतिनिधि एकै थलोमा

लोकप्रीय

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण

विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड
  • मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’
  • पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह
  • विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?