Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, September 9, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, September 9, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

काखीको रौं हटाउन कुन विधि सबैभन्दा प्रभावकारी हुन्छ ?


काखीको रौं हटाउन कुन विधि सबैभन्दा प्रभावकारी हुन्छ ?

सौन्दर्यप्रति सचेत महिलाहरु काखीको रौं हटाउने गर्छन् । यसका लागि कतिले ब्लेडको प्रयोग गर्छन् भने कतिले हेयर रिमुभर क्रिमको ।

काखीको रौं हटाउने के कस्ता विधि छन् ? प्रचलित विधिमध्ये कुन बढी प्रभावकारी हुन्छ ? काखीको छाला कालो भएमा के गर्ने ?

काखीको रौं सफा गर्ने सबैभन्दा राम्रो विधि

काखीको रौं सफा गर्दा सबैभन्दा राम्रो विधि भनेको वाक्सिङ नै हो । वाक्सिङ गरेपछि लामो अवधिसम्म रौं पलाउँदैन । छाला पनि मुलायम नै रहन्छ । वाक्सिङले रौंलाई लामो समयसम्म पलाउन नदिने मात्र होइन, नयाँ आउने रौं पनि पातलो बनाउँछ । यसको कारण के हो भने वाक्सिङ गर्दा रौंको जरा नै उखेलिन्छ ।

कतिपयको छाला एकदमै संवेदनशील हुन्छ । त्यस्ता छाला भएकाहरुको लागि सबैभन्दा राम्रो विकल्प भनेकै वाक्सिङ हो । वाक्सिङले एक्सफोलिएटर जस्तै काम गर्छ । घामले डढेको छालालाई हटाउने, मृत छाला कोषिकालाई हटाएर छालालाई चिल्लो अनि मुलायम बनाउने काम गर्छ ।

वाक्सिङको लागि केमिकल नभएको भ्याक्स प्रयोग गर्दा राम्रो हुन्छ । बजारमा इटालियन रिकावक्स स्किनको लागि निकै सुरक्षित मानिन्छ । यो वाक्स प्रयोग गर्दा अन्यभन्दा दुखाइ कम हुन्छ । यसले सानोदेखि ठूलो रौंलाई एकैपटक निकाल्ने गर्छ ।

घरमै वाक्स

घरमै पनि वाक्स गर्न सकिन्छ । तर त्यसको तरिका भने जान्नुपर्छ । कुन ठाउँमा कसरी लगाउने भन्ने कुरा जान्नुपर्छ । गलत तरिकाले प्रयोग गर्दा छालालाई असर गर्न सक्छ ।

हामी रिटा भ्याक्स प्रयोग गर्दा प्रि–भ्याक्स जेल लगाउने गर्छौं । त्यसले नन स्टिकी गराउँछ । हल्का भ्याक्सलाई तातो बनाएर छालाको मध्यम तापक्रममा राखेर लगाउँछौं । केही समय राखेपछि चिपको मद्दतले निकाल्छौं । राम्रोसँग निकालेपछि भ्याक्समै तेल आएको हुन्छ, त्यो लगाउनुपर्ने हुन्छ । अन्य भ्याक्स पनि यसरी नै लगाउने हो ।

वाक्स गर्दा अरुको सहयोग लिन सकिन्छ । तर ब्राजिलियन वाक्स आफैंले लगाउन सकिन्छ । यसका लागि एकपटक वाक्सको क्रिम लगाउने । केही मिनेटमा त्यो सुख्खा हुन्छ । अनि हातले रौं निकाल्नुपर्छ ।

अन्य विधि  

धेरैजसोले त रेजर विधिबाट काखीको रौं निकाल्ने गर्छन् । त्यससँगै हेयर रिमुभर क्रिम लगाउन सकिन्छ । थ्रेडिङबाट अन्डर आर्म्स सफा गर्न सकिन्छ । ब्लेडले पनि रौं खौरिन सकिन्छ ।

ब्लेड र रेजरले सफा गर्दा कालो दाग बस्ने वा रौं बाक्लो पलाउने हुनसक्छ । प्रायः मान्छेले हतारमा ब्लेडले सफा गर्ने गर्छन् । यसले छिटो भए पनि पछि समस्या देखिन सक्छ । खासगरी रौं खौरिंदा छालाको संवेदनशील पहिलो तहलाई पनि यसले सोहोर्छ । यही कारण छाला कालो हुन्छ । रौं खौरिंदा जरामाथि मात्र काट्ने भएकाले फेरि उक्त रौंको टुसा पलाउँदा झन् बाक्लो भएर आउँछ । ब्लेड र रेजर प्रयोग गर्दा छालामा घाउ हुने डर पनि हुन्छ ।

हेयर रिमुभर कति राम्रो ?

हेयर रिमुभर क्रिम त्यति प्रभावकारी मानिंदैन । अन्डर आर्म्स मात्र होइन, प्राइभेट पार्टमा पनि यसको प्रयोग गर्नु हुँदैन । रिमुभर क्रिमले जरैदेखि रौं निकाल्दैन । देखिने सतहमा मात्र रौं निकाल्छ ।

प्रायजसो रौं पलाउने बेलामा छालाभित्र पसेर घाउ वा पिप आउने समस्या पनि हुनसक्छ । संवेदनशील भागमा लगाउँदा पोल्ने र छालामा पनि समस्या हुन्छ । यसको साइड इफेक्ट भनेको रौं छिटो पलाउनु हो । साथै रौं बाक्लो हुने पनि हो ।

कुन उमेरदेखि ?

यही उमेरदेखि अन्डर आर्म्स सफा गर्ने भन्ने हुँदैन । साना किशोरीहरु खासै सफा गर्ने चलन हुँदैन । १८ वर्षभन्दा माथिको उमेरका भने अन्डर आर्म्स सफा गर्न आउँछन् । हुन त १४ वर्षपछि नै आवश्यक परेमा सफा गर्दा हुन्छ । किनभने संवेदनशील छालाका लागि छुट्टै वाक्स पाइन्छ । उनीहरुले एलोभेरा फ्लेवरको वाक्स गर्नु उचित हुन्छ । सुख्खा छालाको लागि चकलेट वाक्स गर्नुपर्छ । यसले छालालाई चम्किलो बनाइराख्छ ।

महिनामा एकपटक सफा गर्ने

काखीको रौं महिना दिनको अवधिमा गर्दा हुन्छ । तर कसैकसैको भने छिटो रौं पलाउने भएकाले उनीहरुले आफ्नो अवस्था हेरेर सफा गर्न सक्छन् ।

(हेयर एण्ड शान्ति युनिसेक्स सलुनकी सौन्दर्यकर्मी शाक्यसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

एन.पी खबर

Related Posts

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

सिरहामा विशेषज्ञ दन्त सेवा सुरु, ‘बी एण्ड बी डेन्टल’मा उपचार थालियो

सिरहामा विशेषज्ञ दन्त सेवा सुरु, ‘बी एण्ड बी डेन्टल’मा उपचार थालियो

लघुवित्त पीडितको आक्रोश : ‘अब ठगहरूलाई ठेगान लगाएरै छाड्छौं’

लघुवित्त पीडितको आक्रोश : ‘अब ठगहरूलाई ठेगान लगाएरै छाड्छौं’

स्वस्थ जीवनशैलीको प्रवर्द्धन: सिरहामा तीनदिने योग शिविर सम्पन्न

स्वस्थ जीवनशैलीको प्रवर्द्धन: सिरहामा तीनदिने योग शिविर सम्पन्न

लहानमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर, गंगालालकै स्तरको अस्पताल बनाउने योजना

लहानमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर, गंगालालकै स्तरको अस्पताल बनाउने योजना

मानसिक स्वास्थ्यका लागि तीन दिने मनोविमर्श तालिम सम्पन्न

मानसिक स्वास्थ्यका लागि तीन दिने मनोविमर्श तालिम सम्पन्न

लोकप्रीय

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान

रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान

संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव

संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव

विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल

विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण
  • रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान
  • संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव
  • विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?